ओबी फलोअप: विराटनगरको बुधनगरमा ८५ वर्षिया हजुरआमा करणी घटना, मुद्दा दर्तामा ढिलाई

<span class='c1'>ओबी  फलोअप: विराटनगरको बुधनगरमा ८५ वर्षिया</span> <span class='c2'>हजुरआमा करणी घटना, मुद्दा दर्तामा ढिलाई</span>

प्रेम देवान ।
विराटनगर, २० जेठ । नाताले हजुरआमा पर्ने ८५ वर्षिया वृद्धालाई करणी गर्ने नातीको मुद्दा दर्ता प्रक्रियामा ढिलाई भएको छ । विराटनगर १८ बुधनगरकी ८५ वर्षिया वृद्धालाई करणी गरेको आरोपमा मोरङ प्रहरीले नातीलाई पक्राउ गरिसकेको छ ।

पक्राउ परेका ३१ वर्षिय नातीले गत वैशाख ५ गते घरमा श्रीमती र छोराछोरी नभएको मौकामा वृद्धा हजुरआमालाई रक्सी सुरमा जवरजस्ती कपडा खोल्न लगाएर मुख थुनेर अनैतिक कार्य गरेको वृद्धा आमाले रुदै सुईन् ।
बृद्धाका श्रीमान् ५ बर्ष अगाडि नै सवारी दुर्घटनामा ज्यान गुमाई सकेका छन् । आफन्त कोही नभएकी ति बृद्धा ससुरा पट्टीको साईनो लाग्ने भतिजोको घरमा विगत २५ वर्षदेखि बस्दै आएकी थिईन् ।
ति महिलालाई बलात्कार गर्ने व्यक्ति तिनै भतिजोका छोरा हुन् ।
यौन दुव्र्यवहार भएको घटना टोलभरी हल्ला भएको थियो । हल्ला भएसँगै यौन दुब्यवहार गर्ने ब्यक्तिले ती वृद्धालाई सिराहा तिर जवरजस्ती भगाएका थिए । वृद्धाको गाँउघरमा खोजी निधी गर्दा कतै नभेटिएपछि गाँउलेले वृद्धाको खोजी गर्न दवाब दिएका थिए । वृद्धाको खोजी गर्न दवाव दिएपछि २० दिनपछि खोजेर वृद्धालाई पुनः विराटनगर झिकाइएको थियो ।
सोच्नै नसक्ने घटना यसरी आफ्नो टोलमा सार्वजनिक भएपछि स्थानियवासी, वुद्धिजीवी, राजनीतिक दल, पीडित र पीडक समेतको पञ्चायत बसेको थियो । पञ्चायत भेलामा पीडित महिलाले आफू माथि भएको सबै घटना सुनाएकी थिईन् । पञ्चायत बसेका बेला ति नाती पर्ने ब्यक्तिले आफूबाट गल्ती भएको स्वीकारेका थिए । हाल ती पुरुष ईलाका प्रहरी रानी विराटनगरको नियन्त्रणमा छन् ।
उमेर पहिचानमा ढिलाई हुँदा समस्या : प्रहरी
वृद्धा हजुरआमालाई करणीको आरोपमा नाती अहिले ईलाका प्रहरी कार्यालय रानीको हिरासतमा छन् । गत २९ गते जाहेरी आएपछि तत्काल प्रहरीले पक्राउ गरेसँगै उनी माथी प्रहरीले अनुसन्धान पक्रिया अगाडी बढाईसकेको छ ।
आरोप लागेपछि पक्राउ गरेपछि मेडिकल रिर्पोट समेत गरिसकेको प्रहरीले जनाएको छ । हाल वृद्धाको उमेर खुल्ने कुनै आधार नभएका कारण मुद्दा पक्रियामा समस्या भएको प्रहरीले जनाएको छ । वृद्धासँग नागरिता नभएका कारण आज सोमबार विपि कोईराला स्वास्थ्य प्रतिष्ठान धरानमा वृद्धाको स्वास्थ्य जेकजाँच पछि मात्र उमेर पत्ता लगाउने भएसँगै मुद्दाको पक्रिया अगाडी बढाईने प्रहरीले जनाएको छ ।
पक्राउ परेका पुरुषको बारेमा अन्य अनुसन्धानका पक्रिया सबै भईसकेको र उमेर पत्ता लाग्न साथ मुद्धा अगाडी बढाईने ईलाका प्रहरी कार्यलय रानी विराटनगरका प्रहरी निरीक्षक इन्द्र राना मगरले जानकारी दिए । पक्राउ परेका पुरुषलाई जवरजस्ती करणी ऐन अन्तरगत मुद्धा चलाईने जिल्ला प्रहरी कार्यलय मोरङका डिएसपी नवराज ढुङगानाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्