रानी–विराटनगर–इटहरी–धरान सडक योजना, बिजुली र पानीका पाइपलाइन नसारिँदा समस्या

<span class='c1'>रानी–विराटनगर–इटहरी–धरान सडक योजना, बिजुली र</span> <span class='c2'>पानीका पाइपलाइन नसारिँदा समस्या</span>

सुनसरी, २० जेठ। भारत तथा तेस्रो मुलुकसँग आयात निर्यात गर्न सहज हुने जोगबनी–विराटनगर हुँदै धरानसम्म पुग्ने सडक विस्तारका क्रममा विभिन्न अवरोध आइरहेका छन् । उक्त सडक विस्तार गरी ६ लेनको बनाउन लागिएको हो । तर आर्थिक अभाव, सडकको मापदण्ड, सडकबीचका बिजुलीका पोल र अव्यवस्थित खानेपानीका पाइपलाइनले गर्दा काम ठप्प भएको छ ।

सरकारले समयमै रकम उपलब्ध नगराउनु र सडक बीचका पाइपलाइन र ३३ केभी प्रसारणलाई स्थानान्तरण नगर्दा विस्तारमा अवरोध पुगेको ठेकेदार कम्पनी आषिश कन्स्ट्रक्शनका मेनेजर राजेश बोहोराले जानकारी दिए । उनका अनुसार करीब २० करोड निकासा हुन बाँकी छ । इटहरीदेखि तरहरासम्मको सडक विस्तार करीब ४ महीनादेखि ठप्प भएको उनले बताए । उनले भने, ‘बिजुलीका पोल स्थानान्तरण गर्न कुनै पहल भएको देखिँदैन, पटकपटक हामीले काममा अवरोध पुगेको जानकारी गराइसकेका हौं, तर कुनै चासो नदिएपछि चुप लागेर बसेका छौं ।’

ठेक्का दिएर निर्माण शुरू भएको क्षेत्रमा पनि अझै ६० प्रतिशतभन्दा बढी काम हुन सकेको छैन । आयोजना सम्झौताको मितिलाई आधार मान्ने हो भने वैशाखभित्र काम सकिइसक्नुपर्ने हो । तर सम्बन्धित निकायको ढिलासुस्तीले सडक विस्तारको काम लम्बिँदै गएको छ ।

रानी–विराटनगर–इटहरी–धरान सडक योजनाका इन्जिनीयर उपेन्द्र दासका अनुसार चालू वर्ष २०७५/७६ को वैशाखभित्रै रानीदेखि तरहरासम्म सडक विस्तार सम्पन्न भइसक्नुपर्ने हो तर अझै दुई वर्ष लाग्ने भएको छ । तरहरादेखि धरानको तिनकुनेसम्मको सडक पनि यही आर्थिक वर्षमा ठेक्कामा दिइने उनले जानकारी दिएका छन् ।

उनका अनुसार संघीय सरकारको मातहतमा राजमार्ग रहेका कारण सडक विस्तारको काममा स्थानीय निकायसँग समन्वय हुन सकेको छैन । जसले गर्दा काममा अवरोध आएको छ । अझै, इटहरीको मुख्य बजारमा दुई किलोमिटर र सुनसरीस्थित दुहबी बजारको सडक विस्तार ठेक्कामा गएको छैन । दिनेश गजमेर/अभियान दैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्