बिराटनगर जेठ २० , साझा विवेकशील पार्टीको मोरङ संयोजकमा युवा अमलेशकुमार कर्ण तोकिएका छन्। उपभोक्ता हित संरक्षण तथा अधिकारका लागि संघर्षरत् कर्णलाई शनिबार विराटनगरमा भएको पार्टीको भेलाले संयोजक तोकेको हो।
पार्टीका अनुसार उनको संयोजकत्वमा २४ सदस्यीय जिल्ला कमिटी गठन भएको छ। भेलाले सचिवमा सरोज नेपाल र कोषाध्यक्ष विजय देवकोटालाई तोकेको छ।
भेलाले मोरङबाट ज्ञानेन्द्र रिजाल, सुभाष भारती, सीमा कर्ण, केशव रिजाल र विजय सापकोटालाई १ नम्बर प्रदेश कमिटीको लागि सिफारिस गरेको बताइएको छ।