विराटनगरको कोशी अञ्चल अस्पतालमा नियमित तालिकाका अप्रेशन बन्द, विरामीलाई सास्ती

<span class='c1'>विराटनगरको कोशी अञ्चल अस्पतालमा नियमित</span> <span class='c2'>तालिकाका अप्रेशन बन्द, विरामीलाई सास्ती</span>

प्रेम देवान ।
विराटनगर, २० जेठ । विराटनगर १२ का सदानन्द ऋषिदेवलाई दुई साता अगाडि लडेर खुट्टामा गहिरो चोट लाग्यो । उनी कोशी अञ्चल अस्पताल भर्ना हुन आए । भर्ना भएको केही दिन पछि कोशी अञ्चल अस्पतालका चिकित्सकहरुले खुट्टामा स्टील हाल्नुपर्छ भनेर सल्लाह दिए ।

चिकित्सकको सल्लाह अनुसार जेठ १९ गते अप्रेशन गर्नुपर्ने थियो । उनले अप्रेशनका सामाग्री मगाए । ऋषिदेवका आफन्तले पनि अप्रेशनमा चाहिने स्टीलदेखि सबै सामाग्री किनेर ल्याए । ऋषिदेवलाई अप्रेशनको थिएटरमा लैजानु अघि अप्रेशनको कपडा पनि लगाईदियो । तर जव ऋषिदेव अप्रेशनको कोठमा प्रवेश गर्न लागेका के थिए अस्पताल प्रशासनले अप्रेशन हुन नसक्ने भन्दै सुचना जारी गर्यो ।
ऋषिदेव कोशी अञ्चल अस्पतालको अप्रेशन हुनबाट बञ्चित एक पात्र मात्र हुन् । कोशी अञ्चल अस्पतालमा हरेक दिने २० देखि ३० वटा अप्रेशन हुने गरेको अस्पतालको तथ्याङ्गक छ । कोशी अञ्चल अस्पतालमा हुने अप्रेशन एकाएक बन्द हुदाँ विरामीको अवस्था कस्तो होला सहजै अनुमान गर्न सकिन्छ ।

अप्रेशन जस्तो संवेदनशील जटिल उपचार सेवा बन्द हुदाँ विरामीहरु यतिबेला अस्पतालको शैयामा त्यतिकै थन्किएर बसेका छन् । कतिपय विरामी अप्रेशन नहुने भनेपछि घर फर्किएका छन् भने कतिपय विरामीहरु अप्रेशन कहिले हुन्छ भनेर दिन गन्तीमा छन् ।
प्रदेश नम्बर एकको जेठो र ठूलो सरकारी अस्पताल भनेर चिनिएको कोशी अञ्चल अस्पतालमा सस्तो राम्रो उपचार सेवा प्रदान हुन्छ भनेर विरामीहरु आउने गरेका छन् ।तर अस्पतालमा बेला बेलामा हुने विभिन्न गतिबिधिका कारण कोशी अञ्चल अस्पताल प्रति विरामीहरुको विस्वास घट्दै जानका थालेको छ ।
जीर्ण अवस्थामा अप्रेशन कक्ष
कोशी अञ्चल अस्पतालमा रहेको अप्रेशन कक्ष सबैभन्दा पुरानो भएका कारण जिर्ण बनेको छ । जो कोही अप्रेशन कक्षमा जान डराउछन् । अप्रेशन कक्षको छतबाट पानी रसाएर कोठा जलमग्न हुने, अप्रेशनका कक्षका झ्याल ढोका, भित्ता लगायत फर्निचरका सामानहरु कामै नलाग्ने अवस्थामा छन् ।
आकस्मिक प्रशासनको सुचना
कोशी अञ्चल अस्पतालले आईतबार एउटा सुचना जारी गर्यो जुन बिरामीको पक्षमा थिएन । सुचनामा भनिएको छ, यस अस्पतालको अप्रेशन कोठामा रंग रोगन तथा मर्मत संम्हार गर्नु पर्ने भएकोले आज मिति २०७६ – २ – १९ गतेदेखि कार्य सम्पन्न नभएसम्मका लागि नियमित नहुने व्याहोरा अनुरोध छ । यसबाट विरामीमा पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौ ।’
अस्पताल प्रशासन भन्छ : चाडै सुचारु गछौँ
एक्कासी सुचना जारी भएको छ । सेवाग्राही सेवा पाउनबाट बञ्चित भएका छन् । तर केशी अञ्चल अस्पताल प्रशासनले ३–४ दिन भित्रमा अप्रेशन सेवा सुचारु गर्ने जनाएको छ । कोशी अञ्चल अस्पताका मेडिकल सुपरिटेण्डेन डाक्टर रोशन पोखरेलले अस्पतालका सबै अप्रेशन सेवा बन्द नभएको बताए । ‘अहिले आकस्मिक कक्ष र डेलीभरी केशका अप्रेशन अर्कै कोठामा राखेर सेवा प्रदान गरिरहेका छौँ, पोखरेलले भने, अबको ४ दिन भित्रमा नियमित अबस्थामा आउँछ ।’
अस्पतालको अप्रेशन कोठाहरु जिर्ण अवस्थामा रहेका कारण कोठाहरु मर्मत संम्भार गर्नुपर्ने भएकाले अहिले ३ दिनदेखि चार दिनमा काम सकिने पोखरेलको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्