बौद्ध भिक्षु अनशनमा बसेपछि श्रीलंकाका सबै मुश्लिम मन्त्रीहरुद्वारा राजीनामा

बौद्ध भिक्षु अनशनमा बसेपछि श्रीलंकाका सबै मुश्लिम मन्त्रीहरुद्वारा राजीनामा

कोलम्बो । श्रीलंकामा एकजना बौद्ध भिक्षुले मुश्लिम मन्त्री र एक जना गभर्नरको राजीनामाको माग गर्दै आमरण अनशन बसेपछि सोमबार दुईजना मुसलमान गभर्नरले राजीनामा दिएका छन् ।

श्रीलंकामा गएको अप्रिल महिनामा इस्टर सन्डेका दिन चर्च र होटलमा निशाना बनाएर लगातार बम विस्फोट भएको थियो । सो विस्फोटपछि श्रीलंकाका केही मुसलमान संगठनमाथि पनि औंला उठाइएको थियो । गएको शुक्रबार बौद्ध भिक्षु अतुरालिए रतनाले मन्त्री रिशाद बाथिउद्धिन र गभर्नर एएलएएएम हिज्बुल्लाह तथा अजत सैलीको राजीनामा माग गर्दै आमरण अनशन सुरु गरेका थिए ।

श्रीलंकाका मन्त्रीहरुमाथि मुश्लिम कट्टरपन्थीहरुसँग सम्बन्ध भएको बौद्धमार्गी विभिन्न संगठनले आरोप लगाएकोमा मुश्लिम संगठनले भने प्रतिवाद गरेका थिए । बौद्धमार्गीको मागको समर्थनमा देशका विभिन्न भागमा प्रदर्शन समेत भएका थिए । दुवै गभर्नरले दिएको राजीनामा राष्ट्रपति मैत्रीपाला सिरिसेनाले स्वीकृत गरेका छन् ।

गभर्नरको राजीनामापछि केन्द्रीय मन्त्रीमण्डलमा सामेल भएका सबै मुश्लिम मन्त्री, उपमन्त्री र राज्यमन्त्रीले पनि राजीनामा दिएका छन् । सोमबार गभर्नरहरु अजत सैली र हिज्बुल्लाहको राजीनामा स्वीकृत भएपछि मन्त्रीहरुले पनि राजीनामा दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्