विराटनगर महानगरले कोईराला निवासमा नगर रक्षक खटायो, मेयरले भने-‘सशस्त्र हटाउनु दुखद’

विराटनगर महानगरले कोईराला निवासमा नगर रक्षक खटायो, मेयरले भने-‘सशस्त्र हटाउनु दुखद’

विराटनगर, २१ जेठ ।
सरकारलाई चुनौती दिँदै बिराटनगर महानगरपालिकाले कोईराला निवासमा नगर रक्षक खटाएको छ ।

गृहमन्त्रीको निर्देशनमा लामोसमय बस्दै आएका सशस्त्र प्रहरी हटेपछि कांग्रेसले सरकारको आलोचना गर्दै आएको थियो । सशस्त्र प्रहरी बललाई त्यहाँबाट हटाएपछि सुरक्षा–कर्मीको ठाउँमा महानगरले नगर रक्षक खटाएको बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले जानकारी दिए ।

कोईराला निवास भनेको शेखर कोईरालाको घर मात्र नभएकोले प्रजातन्त्रबादीहरुको घर भएकोले त्यसको सुरक्षा दिनु महानगरको पनि दायित्व रहेकोले त्यसको सुरक्षाका लागि २ जना नगर रक्षक आजैदेखि खटाईएको पराजुलीको भनाई छ ।
पराजुलीले कृष्ण प्रसाद कोईराला, बिपि कोईराला र गिरिजा प्रसाद कोईराला जस्ता राजनीतिका महान् पुरुषको ऐतिहाँसिक राजनीतिक कुञ्जको रुपमा रहेकोले राज्यले यसको संरक्षण गर्नु पर्नेमा संघीय सरकारले सशस्त्र प्रहरीलाई हटाउनु नै दुखद रहेको बताए ।
‘सुरक्षा हटाउँनु हुँदैन थियो संघीय सरकारले हटायो, मेयर पराजुलीले भने, ‘महानगरपालिका पनि स्थानीय सरकार भएकोले महानगरका नगर रक्षक खटाएर आबस्यक ब्यवस्थापन गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्