खतरनाक भाइरस सहितको ल्याप्टप लाखौं डलरमा बिक्री

खतरनाक भाइरस सहितको ल्याप्टप लाखौं डलरमा बिक्री

एजेन्सी । विश्वको ६ वटा खतरनाक भाइरस रहेको सामसुङ कम्पनीको ल्यापटप १३ लाख ४५ हजार डलरमा बिक्री भएको छ । अनलाइन बोलकबोल मार्फत् बिक्री भएको ‘पर्सिस्टेन्स अफ केओस’ नाम गरेको उक्त ल्यापट प्रविधिकर्मी गुओ ओ डोङले बनाएको बताइन्छ ।

यि विभिन्न ६ वटा भाइरसले विश्वभरमा करिब ९५ बिलियन डलरको नोक्सान गरेको बताइन्छ ।

यि भाइसहरुमध्ये ‘आईलभयू’ नामक भाइरसले पहिला तहल्का मच्चाएको बताइन्छ । सन् २००० तिर इमेलमा संलग्न भइ प्रेम पत्रको रुपमा आउने गरेको यस भाइरसको कारण थुप्रै कम्प्युटरमा समस्या देखिएको थियो ।

त्यस्तै ‘वानाक्राई’ नामक भाइरस पनि यसमा समावेश छ । यस भाइरसले विश्वभरको हस्पीटल तथा कारखानाहरुको कम्प्युटर बन्द गराएको थियो । यसले विश्वभरीको करिब २ लाख कम्प्युटर यसबाट प्रभावित पारेको थियो । सन् २०१७ मा यसको प्रकोप व्यापक हुँदा यस भाइरस बनाएको दोष उत्तर कोरियालाई लागेको थियो ।

त्यसबाहेक सन् २००३ को ‘सोबिग’, सन् २००४ को ‘माईडुम’, सन् २०१३ को ‘डार्क टकिला’ र सन् २०१५ को ‘ब्ल्याक एनर्जी’ पनि रहेको छ । युक्रेनमा बनाइएको यस भाइरसले पनि त्यसबेला विश्वभर समस्या ल्याएको थियो ।

न्यूयोर्क स्थित संस्था डिप इन्स्टीङटले यो भाइरसलाई फैलन नदिन ‘एयर ग्यापिङ’ प्रविधिको प्रयोग गरेको बताइएको छ । यो प्रविधिको प्रयोगले यस ल्यापटपलाई अन्य नेटवर्कमा जोडिन रोक्ने र भाइरस फैलन रोक्ने बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्