प्रियंका चोपडाको भारतको प्रधानमन्त्री बन्ने इच्छा

<span class='c1'>प्रियंका चोपडाको  </span> <span class='c2'>भारतको प्रधानमन्त्री बन्ने इच्छा</span>

एजेन्सी, २१ जेठ ।  बलिउड अभिनेत्री प्रियंका चोपडाले भारतको प्रधानमन्त्री बन्ने इच्छा देखाएकी छन् ।

हालै एक अन्तर्वार्तामा उनलाई राजनीतिमा प्रवेश गर्ने विषयमा सोधिएको थियो । उत्तरमा प्रियंकाले भनिन्, ‘म भारतको प्रधानमन्त्री बन्ने दौडमा आउन चाहन्छु र निक चाहिँ अमेरिकाको राष्ट्रपति चुनावमा लडून् भन्ने चाहन्छु । हुन त म राजनीतिसँग जोडिएका कुरा मन पराउँदिनँ तर हामी दुवैजना परिवर्तनको वाहक बन्न चाहन्छौं र कुनै कुरा पनि नकार्दैनौं ।’

आइतवार प्रियंका क्यालिफोर्नियाको डिग्निटी हेल्थ स्पोर्ट पार्कमा भएको ब्यांगो ट्यांगो कन्सर्टमा जोनास ब्रदर्सलाई समर्थन गर्न पुगेकी थिइन् ।

मे महिनामा पति निक जोनाससँग ७२औं कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा डेब्यु गरेकी प्रियंका अब निर्देशिका सोनाली बोसको बलिउड फिल्म द स्काई इन पिंकमा देखिनेछिन् । फिल्ममा फरहान अख्तर र जरीना बहाव पनि देखिनेछन् ।

फिल्म अक्टोबर महिनाको ११ तारिखमा रिलिज हुनेछ । उनी एउटा हलिउड फिल्ममा पनि काम गरिरहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्