युट्युबले हजारौं भिडियो हटाउने , यस्ता भिडियो हट्नेछन् !

युट्युबले हजारौं भिडियो हटाउने , यस्ता भिडियो हट्नेछन् !

क्यालिफोर्निया । युट्युबले विभेदकारी सामग्री आफ्नो प्ल्याटफर्मबाट हटाउने जनाएको छ । यसबाट हजारौं भिडियो र च्यानलहरुलाई असर पर्न सक्नेछ ।

युट्युबले निओ नाजिम्म र अन्य विभेदकारी विचार बोक्ने सामग्री हटाउन लागेको  बुधबार घोषणा गरेको हो ।

युट्युवको खुलापनले सिर्जनशिलता र सूचनामा पहुँच बढाएको उल्लेख गर्दै सो कम्पनीले घृणा, दुव्र्यवहार, विभेद र हिंसाबाट कम्पनीलाई जोगाउनु आफ्नो जवाफदेहिता भएको जनाएको छ ।

यो नयाँ प्रावधान अनुसार उमेर, लिंग, जात, धर्म, यौन प्रशिक्षण वा भेटरान स्ट्याटस लगायतका सामग्रीलाई प्रतिबन्ध लगाइनेछ । त्यसमा नाजिवादको प्रवद्र्धन  तथा घृणाको अभिव्यक्ति पनि पर्नेछ । (सीबीएस न्यूज)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्