बिराटनगर, २४ जेठ । केरावारी गाँउपालिका ९ का एक युवकको घरको छतबाट लडेर मृत्यु भएको छ । बिहीबार राति निर्माणधिन घरको छतबाट खस्दा ३५ वर्षीय युवराज राइको मृत्यु भएको हो ।
छतबाट तल खस्दा उनी इटा तथा रड राखेको ठाँउमा बझारिएका थिए । राईको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गर्मीभएकाले रातको समयमा छतमा सुतेका राई पिसाब गर्न छेउतिर जाँदा लडेको हुनसक्ने इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख राम कुमार राइले बताए ।
केही वर्ष अघि श्रीमतीसँग सम्बन्ध विच्छेद गरी आमासँग बस्दै आएका राई मदिरा सेवन गरी सुतेको प्रहरीले जनाएको छ ।