विराटनगर, २४ जेठ । विराटनगरको गोल्डेन अस्पातल र मेगा बैंक बिच विभिन्न सेवा छुटको सम्झौता भएको छ ।
बिराटनगरमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी अस्पताल र बैंक विच बिच छुट दिने बारेमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता पत्रमा बैंकका कर्मचारी, डेबिट तथा क्रेडिट कार्ड भएका खातावालालाई बिशेष छुटको ब्यवस्था गरिएको बैकका ब्रान्च म्यानेजर बिनोद राज थापाले जानकारी दिए ।
भएको सम्झौता अनुसार १० देखि १५ प्रतिशतसम्म छुटको ब्यवस्था गरिएको छ । डाईग्नोष्टिक र ल्याव परिक्षण शुल्कमा १५ प्रतिशत, फार्मेसीमा १० प्रतिशत र ईन्डोस्कोपी तथा कोलोनोस्कोपी सेवामा १० प्रतिशत छुटको सम्झौतामा हस्ताक्षर भएको बैंकका रिलेसनसिप म्यानेजर अतुल बक्सि ले जानकारी दिए ।