विराटनगरका सडकमा बिजुलीका नाङ्गो तार, ब्यवस्थापन नहुँदा तीन टोलियावासी त्रसित ( भिडियो रिर्पोट सहित)

<span class='c1'>विराटनगरका सडकमा बिजुलीका नाङ्गो तार, ब्यवस्थापन नहुँदा</span> <span class='c2'>तीन टोलियावासी त्रसित ( भिडियो रिर्पोट सहित)</span>

प्रेम देवान/ विराटनगर, २४ जेठ । विराटनगर १० स्थित तीनटोलीया मार्गमा विजुलीको नाङ्गो तार व्यावस्थीत नगरिँदा स्थानियवासी त्रसित छन् । पटक–पटक यस वियषमा सम्बन्धित निकायलाई खबर गर्दा समेत सुनवाई नभएको स्थानीयले बताए ।

स्थानियवासीले पटक पटक यो बारेमा जानकारी दिँदा समेत वास्ता नगरे पछि आन्दोलन गर्नु पर्ने अबस्था आएको बताए । स्थानीयले माग पुरा नभएपछि क्षेत्रिय शहरी विकास परियोजना अन्र्तगत भईरहेको काम अबरुद्ध गरेका छन् ।
तिनटोलिया मार्गमा आशिष निर्माण कम्पनीले सडक तथा नाला र विजुलीको पोल सार्ने कामको ठेक्का लिएको छ । विधुत प्राधिकरणको तार अव्यव्यस्तित हुदाँ कुनै पनि बेला तारमा आगो लाग्ने स्थानियवासीको भनाई छ ।

विजुलीको तार सडकको विच भागमा भएका कारण ठूला सवारी साधनहरु उक्त स्थानबाट आउजाउमा समेत समस्या हुने गरेको छ ।
स्कुल तथा कलेजका बसहरु धेरै हिड्ने भएका कारण नाङगो तारले स्कुल बसलाई छोयोभने जुनैसुकै बेला अप्रिय घटना घट्न सक्ने स्थानियवासी प्रसन्न ढकालले बताए ।
स्थानियवासीले शुक्रबार उक्त स्थानमा सडकमा भईरहेको कामलाई रोकेर बिरोध जनाएका हुन् । उनीहरुको विजुलीको नाङ्गो तारलाई व्यवस्थित नगरिँदासम्म काम हुन नदिने जनाएका छन् ।
विराटनगर १० का वडा अध्यक्ष माधवराज वाग्ले र अशिष निमार्ण कम्पनीका साईड ईन्जिनीयर, विधुत प्राधिकरणका कर्मचारी सहितको समुहलाई बोलाएर स्थानीयले समस्या सुनाएका छन् । मागलाई वेवस्था गरे अझै शसक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
यता वडा नम्बर १० वडा अध्यक्ष माधवराज वाग्लेले पनि स्थानियबासीको मात्र समस्या नभई आफ्नो वडा कै समस्या भएको बताए । वडा कार्यलयले पत्र नै काटेर विद्युत प्राधिकरणलाई पटक पटक ताकेता गरेको भए पनि वास्तै नगर्नुले स्वयम वडा अध्यक्ष आफैँ पीडित भएका छन् ।
यता नेपाल विधुत प्राधीकरण केन्द्र विराटनगरका प्रमुख राजीवकुमार सिंहले तीनटोलीया मार्गको बारेमा आफुलाई कुनै जानकारी नआएको बताए । उनले सो स्थानमा विजुलीको तारको समस्या रहेको भए भोली नै समस्याको समाधान गर्ने दाबी गरे ।
पछिल्लो समय विराटनगरका हरेक सडकका विजुलीका तारमा रुखका हाँगाहरुले नाङ्गो तारलाई छोएका छन् । यस्तो अबस्थामा जुनै पनि बेला आगलागी र करेण्ट लाग्ने संभावना रहेकोले यस्तो ठाउँ पत्ता लगाई चाडो समस्याको समाधान गर्ने प्रमुख सिहले जानकारी दिए ।

 भिडियो रिर्पोट 

https://www.facebook.com/ourbrt/videos/360764704568030/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्