गर्मीमा सक्रिय हुन्छन् सर्पः विषालु सर्पले टोके के गर्ने ?

गर्मीमा सक्रिय हुन्छन् सर्पः विषालु सर्पले टोके के गर्ने ?

काठमाडौ, २५ जेठ ।
गर्मी मौसममा पानी परेको बेला सर्पले पहाड र तराई भागमा बर्सेनी मानिसलाई सर्पले टोक्ने गर्छ।

पहाडको तुलनामा तराईमा सर्प बढी विषालु हुन्छन्। तराईको तुलनामा पहडी सर्प कम विषालु हुने र टोकीहाले पनि ज्यानै जाने अवस्था नहुने भएकाले सर्पले टोकिहाले पनि धेरै हात्तिनु नहुने चिकिक्सकको सुझाब छ।

यो जानकारी आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छन्।

चिकित्सकका अनुसार धेरैजसो बिरामी सर्पको विषयले भन्दा पनि सर्पले टोक्यो भनेर आत्तिनेक्रममा बेहोस हुने गरेका घटना धेरै छन्।

टोकी हाले पनि सबै सर्पले विष छोड्न भ्याएका हुँदैनन्। पहाडी सर्पले टोक्दा ज्यान नगए पनि टोकेको अंगका लागि भने खतरनाक हुनसक्ने भएकाले टोकेपछि विभिन्न तरिकारले सतर्क हुनुपर्छ।

तराईका सर्पहरु भने विषालु हुने भएकाले विष नफैलिँदै छिटोभन्दा छिटो उपचार गर्नुपर्छ। सर्पले टोकेमा आत्तिनुको सट्टा टोकेको भागमा खेलाडीले प्रयोग गर्ने स्पोर्ट ब्यान्डेज हल्का बाँध्नु पर्छ। हलचल गर्दा शरीरमा विष फैलने भएकाले बिरामी हलचल नगरी बस्नुपर्छ। सर्पले टोकेपछि आफूखुसी कुनै औषधि प्रयोग गर्नु हुँदैन।

तुरुन्तै हल्का ब्यान्डेज बाँधी छिटोभन्दा छिटो अस्पताल पुग्नुपर्छ।सर्पले टोकेको भाग नजिक धेरै कसिलो बाँध्न नहुने शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका अनुसन्धान संयोजक डा. शेरबहादुर पुन बताउँछन्। बेस्सरी कसेमा पछि गएर रगत बहने प्रक्रियामा असर पर्छ। कतिपय अबस्थामा आन्तरिक तथा बाह्य रुपमा रक्तश्राव हुने, फोका पर्ने जस्ता समस्या देखिन्छन्।

रगत सञ्चालन हुन नपाएको भागका कोष नष्ट हुन गई अंगसमेत काट्नुपर्ने अबस्था आउन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्