विदेशीसँग बिहेः सुखी जीवनको सपना भताभुङ, आफन्त – नेपालीसँग सम्पर्क र बोलचालमा बन्देज

विदेशीसँग बिहेः सुखी जीवनको सपना भताभुङ, आफन्त – नेपालीसँग सम्पर्क र बोलचालमा बन्देज

बेइजिङ । चीनमा चार बर्ष आठ महिना बन्दीजस्तै भएर बसेकी सुनिता तामाङ(परिवर्तित नाम) नेपाल फर्कन सफल भएकी छन् । चिनियाँ नागरिकसँग बिहे गरेर चीन आएकी उनी चरम घरायसी हिंसामा परेकी थिइन ।

उनलाई नेपालका आफन्त र चीनमा बस्ने अन्य नेपालीसँग पनि सम्पर्क र बोलचाल गर्न बन्देज लगाईएको थियो ।

सुनिताको स्थायी घर सिन्धुपाल्चोक हो । काठमाडौंमा आमा बहिनाीसँग बसेर बढ्दै गरेकी उनलाई केही दलालले चीनको हङकङमा काम गरेर चाँडै धनी हुने सपना देखाए ।

बुबा अर्को बिहे गरी छुट्टै बस्दै आएकाले सुनिता उनकी आमा र बहिनीले कठिन जीवन विताइरहेका थिए । हङकङ गएर पैसा पाइयो भने त परिवारलाई भरथेग हुन्छ भनेर सुनिता चिनियाँसँगै विहे गर्न राजी भइन ।

दलालले सुनितासँगै बहिनी विनितालाई पनि चिनियाँसँग विहे गरेर पठाउन खोजेका थिए । तर नाबालक भएकाले उनी दलालको चंगुलबाट बच्न सफल भइन ।

२०७१ भदौ १८ गते सुनिता चिनियाँ नागरिक यिन स्याउपोसँग विहे गरेर चीन आएकी थिइन । राजधानी बेइजिङनजिकै रहेको हपेई प्रान्तमा आएपछि सुनिताका कहालीलाग्दा दिन सुरु भए । उनले अमानवीय व्यवहार भोग्नुपर्यो ।

विहेका नाममा चीन आएर हिंसा भोग्ने सुनिता एक्ली नेपाली चेली होइनन्, चारबर्षअघि बेइजिङस्थित नेपाली दुताबासले केही नेपाली चेलीलाई उद्धार गरी पठाएको थियो । -नागरिक दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्