’प्लस टु’ साइन्स लक्षित अनलाइन पढाइ सुरु, एमबिबिएसको ’मक टेस्ट’ घरमै बसीबसी

’प्लस टु’ साइन्स लक्षित अनलाइन पढाइ सुरु, एमबिबिएसको ’मक टेस्ट’ घरमै बसीबसी

सुभाष भण्डारी
काठमाडौं, २५ जेठ ।
राजधानीको काठमाडौं कलेज अफ सेन्ट्रल स्टेटले प्लस २ साइन्सका विधार्थीको पढाइमा सहयोग पु¥याउने उद्देश्यले अनलाइन सिस्टम सुरु गरेको छ । कलेजले प्रविधि तथा डिजिटल पाठ्यक्रम सामग्री उत्पादकसँग सहकार्य गरी स्याटसम नाम दिइएको यो प्रविधि विकास गरेको हो ।

अनलाइन लर्निङ पोर्टलबाट विद्यार्थीहरुले घरमा नै बसेर विभिन्न विषयको अध्ययन तथा अभ्यास गर्न सक्ने बताइएको छ। आपÞmूलाई कठिन लागेका प्रश्न स्याटसम सस्क्राइब गरेका साथीभाइ तथा शिक्षकबीच छलफल गर्न सकिने सुविधा पनि यस प्रविधिमा जडान गरिएको छ।
अनलाइन लर्निगं पोर्टल www.satsom.com मा गएर अहिले पनि निशुल्क केहि एसईई पछिका जाँच र एमबीबीएस अनि ईञ्जिनियरिङंका केहि पुराना प्रश्नपत्रहरु घरै बसेरै मिल्ने र तत्कालै आफ्नो रिजल्ट र अंक थाहा हुने बताइन्छ । के ईन्टरनेटको भूमिका अध्ययनका लागि शून्यप्राय छ ? के हाम्रा अन्तराष्ट्रिय गुणस्तरका भनिएका कलेजहरुले बास्तवमै अन्तराष्ट्रिय प्रविधीमैत्री शिक्षा दिन सकेका छन् त ?
यसै क्रममा नेपालमा प्रथमपटक प्लस २ साइन्समा अनलाइन रुपले सम्पूर्ण पाठ्यक्रम र प्रवेश परीक्षा लगायत लेक्चर नोट र भिडियो लेक्चर पनि उपलब्ध गराउने सिस्टम ल्याइएको छ । भर्खरै काठमाण्डौंमा भएको हिसान कलेज मेलामा पनि यस प्रविधीको स्टल राखिएको र त्यसमा हजारौं बिद्यार्थीहरु सामेल भएका थिए ।
स्याटसम नाम दिइएको यस प्रविधीको प्रथम कलेज सहकार्य भनें काठमाण्डौं स्थित कलेज अफ सेन्ट्रल स्टेटले गरेको छ। पछिल्ला समयमा शिक्षाको गुणस्तर र सिकाईको ब्यबहारीक पद्धति अवलम्बन गरेको कलेज अफ सेन्ट्रल स्टेट लगायत नेपाल कै सवार्धिक सफल सामुदायिक बिद्यालयहरु किट्नी कलेज गोदावरी र बज्रबाराही कलेज पनि यस प्रविधीको सकहार्यमा जोडिएका छन् ।
आफूले कति पढेको छु र कति पढ्न बाँकी छ भनेर हेर्न सकिने, शिक्षक र विद्यार्थीका लागि छुट्टाछुट्टै लगइनको माध्यम भएको यस अनलाइन प्रविधिमा सम्पूर्ण विषयका नोटहरु हेर्न सकिने विशेषता भएको कलेजले जानकारी दिएको छ।
यसका साथै एमबिबिएस र ईन्जिनियरिङका प्रवेश परीक्षाका मक टेस्ट (नमूना परीक्षा) र पुराना प्रश्नपत्रहरुसमेत हेर्न र जाँच दिन सक्ने गरी यो प्रविधि विकास गरिएको छ।
यसो गर्दा तत्कालै रिपोर्ट थाहा हुने, आफ्नो प्रवेश परीक्षामा नाम निस्कन सक्ने संभाव्यता लगायत अन्य विभिन्न कुराहरुमा सहयोग हुने कलेज प्रमुख रमेश घिमिरेले बताए। इो प्रबिधि नेपालको लागि पहिलो भएको उनको दाबी छ ।
नेपालको शैक्षिक प्रणालीमा यसरी कलेजहरुको अनलाइन मोह बढ्दै गएकाले युवा पुस्तालाई पठनपाठन सहजता हुने विश्वास घिमिरेले व्यक्त गरे।
नेपालभरिका प्लस २ साइन्स कलेजलाई अनलाइन नेटवर्क सदस्यका रुपमा थप्ने काम भइरहेको उनको भनाई छ । स्याटसममा पढेर टप गर्ने विधार्थीलाइ चीनको जियान प्रान्तमा ईन्जिनियरिङ अध्ययनको लागि पूर्ण छात्रवृत्तिको व्यवस्था गरिएको छ , घिमिरेले भने ।
यता बिराटनगर आसपासका साइन्स कलेजहरु लगायत पुर्वी नेपालमा पनि ईन्टरनेट र मोबाईल अनि कम्प्यूटरको प्रयोग बिद्यार्थीसामु बढ्दो छ । यसका साथै एमबीबीएस र ईन्जिनियरिगं तयारीका लागि काठमाण्डौं जानुपर्ने बाध्यता र राष्ट्रियस्तरका प्रशिक्षकहरुको स्थानीयर र क्षेत्रिय ठाउँमा उपलब्धता नभएको अवस्थामा यस प्रविधीमार्फत कम परीक्षा र भिडियो लेक्चरले बिद्यार्थीलाई प्रवेश परीक्षा र कक्षा ११ र १२ कै परीक्षा र पाठहरु बुझ्न थप सहयोग गर्ने छ । देशका धरै ठाउँका बिद्यार्थीसँग जोडिएर काम गरेको यस प्रबिधिको शिक्षण अब बिराटनगरमा पनि भित्र्याउन खोजिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्