दश हजारको लेनदेनको विवादमा अढाई वर्षकी बालिकाको हत्या

दश हजारको लेनदेनको विवादमा अढाई वर्षकी बालिकाको हत्या

एजेन्सी । उत्तर प्रदेशको अलीगढमा पैसाको लेनदेलनको विवादमा अढाई वर्षकी बालिकाको हत्या भएको छ । प्रहरीले घटनाको जाँचको लागि एआईटी गठन गरेको छ ।

 

 

बालिकाको शव क्षतविच्छेद हालतमा नालीमा भेटिएको थियो । घटनामा सलंग्नको आशंकामा दुई जना व्यक्ति पक्राउ परेका छन् ।

यो घटना अलीगढको टप्पलको हो । मे ३१ को दिन बालिका हराएकी थिइन् । उनका अभिभावकले आफ्नो छोरी हराएको मुद्दा पनि दायर गरेका थिए । तर जुन २ मा नालीमा बच्चीको शव भेटियो ।

अलीगढका वरिष्ठ प्रहरी अधिकारी आकाश कुलहरीले घटनाबारे बोल्दै भने ,‘ प्रारम्भिक जाँचमा आपसी दुश्मनीको घटनाजस्तो देखिन्छ । बच्चीको पितासँगको सोधपुछमा केही दिन पहिले उनको छिमेकीमा बस्ने जाहिद नामका व्यक्तिसँग पैसालाई लिएर झगडा भएको बताए । घटनापछि बालिकाको परिवारलाई गम्भीर परिणाम भोग्नुपर्ने धम्की दिइएको रहेछ ।’

अनुसन्धानका क्रममा बच्चीको अभिभावकले जाहिदसँग १० हजार ऋण लिएको देखिएको छ । तिनले सो रकम तिर्न नसकिरहेको अवस्थामा बालिकाको अपहरण पछि हत्या भएको प्रहरीको निष्कर्ष छ ।

प्रहरीका अनुसार घटनासम्बद्धमा दुई आरोपी जाहिद र असलमलाई पक्राउ गरिएको छ । दुवै जना मृत बालिकाको परिवारको छिमेकी हुन् ।

अलीगढका वरिष्ठ प्रहरी अधिकारी आकाश कुलहरिले भने ,‘मे ३१ को दिन अपहरणको मुद्दा दर्ता भएको थियो । घटनासम्बद्धमा दुई जना पक्राउ परेका छन् । तिनले आफ्नो अपराध स्वीकारिसके । बालिका बलात्कृत भएको प्रमाणित भएको छैन । घाँटी दावेर मारिएको देखिन्छ । उनको आँखा निकालिएको छ । आरोपी अहिले जेलमा छन् ।’

बालिका गुमाएकी आमाले घटनाबारे भनिन् ,‘एक सरसफाईकर्मीको सुचनापछि छोरीको शव पत्ता लाग्यो । हामी त्यहाँ पुग्दा उनको एउटा हात थिएन, खुट्टा पनि भाच्चिएको थियो । उसको आँखा एसिडले जलाइएको थियो । मेरी छोरीले के गल्ती गरेकी थिइन्, त्यस्तो गर्नको लागि । ती अपराधीलाई फासीँको सजायँ हुनुपर्छ ।’

घटनाको भारतका सबै तप्काबाट विरोध भएको छ । समाजिक संजालमा मानिसहरु आक्रोश पोखिरहेका छन् । घटनामा कांग्रेस अध्यक्ष राहुल गान्धी, प्रियंका गान्धी, क्रिकेटर वीरेन्द्र सहवाग, अभिनेता आयुष्मान खुराना र कयैन परिचित व्यक्तिले टिप्पणी गरेका छन् ।

घटनामा लापरवाहीको आरोपमा ५ प्रहरीलाई निलम्बित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्