हङ्कङमा प्रहरी र प्रदर्नकारीहरूबीच हिंसात्मक झडप

हङ्कङमा प्रहरी र प्रदर्नकारीहरूबीच हिंसात्मक झडप

हङ्कङमा प्रहरी र प्रदर्नकारीहरूबीच हिंसात्मक झडप भएको छ । सुपुर्दगी सम्बन्धी एउटा प्रस्तावित कानुनको विरोधमा भएको प्रदर्शनमा लाखौँ मानिस सहभागी भएका छन् ।

प्रदर्शनकारीहरूलाई प्रस्तावित कानुनले चीनलाई हङ्कङस्थित आफ्ना राजनीतिक विपक्षीलाई निसाना बनाउन सहयोग पु¥याउने आशंका छ । हङ्कङको प्रदर्शनमा विदेशी शक्तिको हात रहेको चिनियाँ सञ्चारमाध्यमले आरोप लगाएका छन् ।

विदेशी शक्तिहरूले चीनलाई चोट पु¥याउन हङ्कङमा विध्वंश निम्त्याउन खोजेको स्थानिय सञ्चारमाध्यमले जनाएका छन् । ठूलो सङ्ख्यामा व्यवसायीका साथै कानुनका विद्यार्थी, धार्मिक समूह र प्रजातन्त्र पक्षधर व्यक्तिहरू सहभागी प्रदर्शन मुख्य रूपमा शान्तिपूर्ण थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्