चन्द्रमामा अवतरण गर्ने चौथो देश बन्ने तयारीमा भारत

<span class='c1'>चन्द्रमामा अवतरण गर्ने चौथो</span> <span class='c2'>देश बन्ने तयारीमा भारत</span>

एजेन्सी, १ असार। भारतको अन्तरिक्ष एजेन्सीले यसै वर्षको आगामी सेप्टेम्बरमा पहिलोपटक चन्द्रमामा अवतरण गराइने जानकारी दिएको छ । यसरी सबैभन्दा पछिल्लो अन्तरिक्ष मिसन चन्द्रयान–२ ले भारतलाई चन्द्रमामा यान अवतरण गराउने विश्वको चौथो राष्ट्र बनाउने अपेक्षा गरिएको हो ।

चन्द्रमा र मंगल ग्रहबारे अधिक जानकारी संकलन गर्न भारतको स्पेस एजेन्सीले विगत् दश वर्षदेखि विभिन्न अन्तरिक्ष यानहरु लन्च गर्दै आएको थियो । इन्डियन स्पेस रिसर्च सेन्टरका अध्यक्ष कैलाशभादिभु सिभानले बुधबारको पत्रकार सम्मेलनमा भनेका हुन्, “अवतरणको अन्तिम १५ मिनेट हाम्रालागि सबैभन्दा उत्साहपूर्ण क्षण हुनेछ ।”
यसअघि भारतले चन्द्रयान–१ पनि लन्च गरेको थियो । तर चन्द्रमाको सतहमा पानीका मलिक्युलबारे जानकारी लिन उडेको सो यान अवतरण गर्न असफल रह्यो ।

चन्द्रयान–२ भने ३,४४७ किलो तौलको रहेको छ जसले १३ पे–लोड बोक्नेछ र दक्षिण भारतको आन्द्र प्रदेशको श्रीहरीकोटबाट उडान भर्नेछ । आइएसआरओको सबैभन्दा पछिल्लो मिसनका तीन चरण रहेका छन् – चन्द्रमा वरपर घुम्ने, अवतरण गर्ने र डाटा संकलन गर्ने । यसमा सबै उपकरण इन्डियन स्पेस रिसर्च सेन्टर आफैँले विकास गरेको हो । यसअघि २०१७ मा पनि भारतले १०४ वटा स्याटलाइट एउटै मिसनमा त्यो पनि कम बजेटमा लन्च गरि नयाँ रेकर्ड कायम गरेको थियो । त्यस्तै अघिल्लो वर्ष मात्र प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सफलतापूर्वक अन्तरिक्ष महाशक्तिका रुपमा स्थापित भएको घोषणा गरेका थिए । यसरी बुधबारको सम्मेलनमा सिभानले २०३० सम्ममा आफ्नो छुट्टै स्वतन्त्र स्पेस स्टेसन निर्माण गर्ने योजना पनि सार्वजानिक गरेका हुन् । सीएनएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्