फिफा महिला विश्वकप फुटबलमा स्विडेन अन्तिम १६ मा प्रवेश

फिफा महिला विश्वकप फुटबलमा स्विडेन अन्तिम १६ मा प्रवेश

एजेन्सी, १ जेठ । फिफा महिला विश्वकप फुटबलमा स्विडेन अन्तिम १६ मा प्रवेश गरेको छ ।

समूह एफमा रहेको थाइल्याण्डलाई ४–१ गोल अन्तरले पराजित गर्दै समूह एफबाट प्रि क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो । स्वीडेनले ३ गोल पहिलो हाफमै गरेको थियो । भने बाँकी एक गोल दोस्रो हाफमा गरेको थियो । दोस्रो हाफमै १ गोल पनि खाएको थियो ।

छैटौं मिनेटमा लिन्डा सेमब्रान्तले गोल गर्दै शुरुआती अग्रता दिलाएकी थिइन् । कोसभरे एसलेनले १९ औं मिनेटमा दोस्रो गोल गर्दै शुरुमै २–० को अग्रता दिलाइन् । स्वीडेनविरुद्ध गोल फर्काउने प्रयास गरे पनि थाइल्याण्डले ४२ औं मिनेटमा तेस्रो गोल खान पुग्यो । यतिबेला स्वीडेनकी फ्रिडोलिना रोल्फोले गोल गरेकी थिइन् । पहिलो हाफमा ३–० को अग्रता बनाएको स्वीडेनले दोस्रो हाफमा पनि गोल गर्न सफल भयो ।

८१ औं मिनेटमा लिना हर्टिङले टिमका लागि चौथो गोल गरिन् । ९१औं मिनेटमा थाइल्याण्डका लागि कन्जनाले एक गोल फर्काउँदै गोल अन्तर ४–१ मा झोरकी थिइन् ।

पराजित भएको थाइल्याण्ड एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि अमेरिकासँग १३–० ले पराजित भएको थियो ।आइतबारै राति अमेरिका र चिली भिड्दैछन् । अमेरिका विजयी भए चिली पनि प्रतियोगिबाट बाहिरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्