२५ वर्षका कुमारीहरु भएको गाउँ, तर हुँदैन बिहे

२५ वर्षका कुमारीहरु भएको गाउँ, तर हुँदैन बिहे

एजेन्सी, २ असार । सामान्य रुपमा हेर्ने हो भने युवा (केटा) भन्दा युवती (केटी) हरु कम हुँदा विभिन्न देशमा पुरुषहरु अविवाहित रहन्छन् । केटी पाइहाले पनि टाढा गएर बिहे गर्नुपर्ने हुन्छ । अझ कतिसम्म भने एउटै केटासँग दुई केटासँग भएको खबर पनि आइरहेको हुन्छ । किनकि, त्यहाँ पर्याप्त केटी हुँदैनन् ।

तर, विश्वमा एउटा यस्तो पनि गाउँ छ, जहाँ केटीको लामो लाइन छ तर त्यहाँका धेरैजसो पुरुष विवाहका लागि अयोग्य छन् । ब्राजिलको नोइवा दो कोरडेएरो इलाका महिला धेरै भएको इलाका हो । त्यहाँ खेतीपातीदेखि लिएर निमार्णसम्मको काम महिलाले नै गर्छन् । र, त्यहाँ बसोबास गर्ने महिलाको उमेर २५ देखि ३० वर्ष रहेको छ ।

तर, आश्चर्यलाग्दो कुरा भनेको त्यहाँका धेरैजसो युवतीहरु कुमारी छन् । उनीहरुको बिहे हुन सकेको छैन । त्यस इलाकामा जतिपनि पुरुष थिए, ती सबै काम गर्न र पैसा कमाउन त्यस क्षेत्रबाट बाहिर गइसकेका छन् । जो पुरुष त्यस गाउँमा छन् कि त उनीहरुको बिहे भइसकेको छ । कि भने नातामा युवतीका भाइ पर्छन् । यसकारण गाउँका युवतीहरुले राम्रो वर पाइरहेका छैनन् । ब्राजिलको उक्त गाउँमा लगभग ६ सय युवती छन् ।

अविवाहित पुरुष भेटिन मुश्किल नै पर्छ । ती युवतीहरुको विवाह यसकारण पनि भइरहेको छैन, किनकि, विवाहपश्चात् उनीहरु आफ्नो गाउँ छोडेर अन्यत्र कतै जान चाहँदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्