चीनमा भूकम्प : ११ जनाको मृत्यु , एक सय बढी घाइते

चीनमा भूकम्प : ११ जनाको मृत्यु , एक सय बढी  घाइते

एजेन्सी , चीनको सिचुआन प्रान्तमा गएको भूकम्पमा परी ११ जनाको मृत्यु भएको छ  भने १ सय २२ जना घाइते भएका छन् । चीनको भूकम्प मापन केन्द्र (सीईएनसी) को अनुसार स्थानीय समय अनुसार सोमबार राति १०ः५५ बजे पहिलो पटक  ६ रेक्टर स्केलको भूकम्प गएको थियो भने उक्त भूकम्पको पराकम्प मंगलबार बिहान ५.३ रेक्टर स्केलको गएको थियो ।

समाचार एजेन्सीमा उल्लेख भएअनुसार चान्गिन्ग काउन्टीमा दुई व्यक्ति अझै फसिरहेका छन् । जसमध्ये एकजनाको अवस्था गम्भीर भएको उद्धारकर्ताले जनाएका छन् । यसैगरी, शौन्गी शहरमा चार घाइतेलाई अस्पताल पठाइएको छ ।

प्रान्तीय राजधानी चन्गदूमा भूकम्प चेतावनी प्रणालीले भूकम्प आउनुभन्दा एक मिनेट पहिले सर्तक गराएको थियो । यसलगत्तै भूकम्पको झट्का महसुस गरिएको थियो । चीनको आपतकालीन प्रबन्धन मन्त्रालयले तुरुन्तै राहत वितरण कार्य शुरु गरिसकेको छ । प्रभावित क्षेत्रमा उद्धारकर्ताहरु पठाइएको छ । स्टेट मिडियाको अनुसार राष्ट्रिय खाद्य मन्त्रालयले पाँच हजार टेन्ट, १० हजार फोल्डिङ बेड र २० हजार ब्ल्याङ्केट प्रभावित क्षेत्रमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्