विश्वकप क्रिकेट : न्यूजिल्याण्डको अपराजित यात्रा कायम, वेष्ट इन्डिजमाथि ५ रनको रोमाञ्चक जित

<span class='c1'>विश्वकप क्रिकेट : न्यूजिल्याण्डको अपराजित यात्रा कायम,</span> <span class='c2'>वेष्ट इन्डिजमाथि ५ रनको रोमाञ्चक जित</span>

एजेन्सी, ८ असार । कप्तान केन विलियमसनको शतक अनी ट्रेन्ट बोल्टको ४ विकेटपछि न्यूजियाण्डले आइसीसी विश्वकप क्रिकेटमा अपराजित यात्रा कायमै राखेको छ। गएराती भएको खेलमा वेष्टठ इन्डिजमाथि ५ रनको रोमाञचक जित हात पार्दै ११ अंक जोडेको न्यूजिल्याण्ड अंक तालिकामा शीर्ष स्थानमा समेत उक्लेको छ।

वेष्ट इन्डिजका लागि कार्लोस ब्रेइवेइटेले शानदार शतक बनाएपनि जितका लागि पर्याप्त रहेन।

२९२ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले ४९ओभरमा सबै विकेट गुमाएर २८६ रन मात्र बनाउन सक्यो। ब्रेथवेइटले ८२ बल खेल्दै ९ चौका र १ छक्काको मद्दतमा १०१ रन बनाए। तर ४९औं ओभरको अन्तिम बलमा उनी आफैँ आउट भएपछि वेष्ट इन्डिज हार बेहोर्न बाध्य भयो। वेष्ट न्डिजका लागि क्रिस गेलले ८७ र शिमोरन हेतमारले ५४ रन जोडे।
बलिङमा न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले १० ओभरमा १ मेडन राख्दै ३० रन खर्चेर ४ विकेट लिए। लकी फर्गुसनले ३ विकेट लिए।
त्यसअघि म्यानचेष्टरमा टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर २९१ रन बनाएको थियो। ओपनरद्वय मार्टिन गप्टिल र कलिन मनरो पहिलो ओभरमै शुन्यमा आउट भएपछि कप्तान विलयमसनले किवी टोलीको इनिङ्स सम्हालेका थिए। उनले तेस्रो विकेटका लागि रोज टेलरसंग शतकिय साझेदारी गरे।

यस विश्वकपमा लगातार दोस्रो शतक प्रहार गर्ने क्रममा विलियमसनले १५४ बल खेल्दै १४ चा र १ छक्काको मद्दतमा १४८ रन बनाए। टेलरले ६९ रन योगदान गरे।

वेष्ट इन्डिजका शेल्डन कट्रेलले ४ र ब्रेतवेइटेले २ विकेट लिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्