बालबालिकालाई ‘जङ्कफुड’ दिनु चुरोट खुवाउनुजस्तै हो

<span class='c1'>बालबालिकालाई ‘जङ्कफुड’ दिनु</span> <span class='c2'>चुरोट खुवाउनुजस्तै हो</span>

काठमाडौं, ८ असार। पछिल्लो समय बालबालिकालाई फकाउने सजिलो माध्यम बनेको जङ्कफुड । तर त्यसले उनीहरुको स्वास्थ्यमा कस्तो असर गर्छ भन्नेतिर अभिभावकलहरुले वास्ता गरेका हुँदैनाँै । कतिपय अभिभावकले त आफ्ना बालबालिकालाई खाना खान मानेनन् भने पनि उनीहरुलाई त्यस्तै जङ्कफुड खुवाउने गर्छन् । अझ कतिपयले बालबालिकालाई मोबाइल दिएर खुवाउने गर्छन् । त्यो बानी पनि राम्रो होइन ।

हाम्रा अभिभावकले जङ्कफुड भन्नेबित्तिकै काम नलाग्ने खानेकुरा भनेर बुझ्नुपर्छ । यस्तो खानेकुरा स्वास्थ्यका लागि हानिकारक छ । अझ  बच्चाका लागि त यो झन् धेरै हानिकारक छ । अभिभावकले आफ्ना छोराछोरीलाई भन्सामा पाक्ने खानेकुराको महत्वबारे राम्रोसँग बुझाउन  नसक्दा उनीहरु घरकोभन्दा बजारमा पाइने प्याकेटको खानेकुरा बढी खान रुचाउने गर्छन् ।

अझ कतिपय अभिभावकको मानसिकता कस्तो हुन्छ भने आफ्नो बच्चाले खान नमान्दा कुरमुरे, चाउचाउ, मैदाबाट बनेका खानेकुरा, बट्टामा राखेका जुसजस्ता खानेकुरा खुवाउने गर्छन् ।  बजारमा राखेका खानेकुरा अभिभावकले सहजताका लागि बालबालिकालाई दिने चलन छ । तर सानै उमेरदेखि यस्तो खाना खुवाइएका बालबालिकाको हकमा भने उमेरअनुसार वृद्धि विकास हुँदैन ।

हाम्रो भन्सामा पाक्ने दाल, भात, तरकारी, रोटी, भटमास, मकै, बारीमा फलेको मौसमअनुसारका फलफूल हामीले बिर्सिदै गएका छौँ । घरमा पाइने खानेकुरा छोडेर बाहिरी प्याकेजिङ खानेकुराले भिटामिन, क्याल्सियमजस्ता तत्वहरु नपुग्ने खानेकुरा खुवाइरहेका छाैं ।

यस्ता खानेकुराले बालबालिकालाई चाहिने पौष्टिक तत्वमा कमी ल्याउँछ । जसले गर्दा उनीहरुलाई कुपोषित भएर शारीरिक तथा मानसिक विकासमा समस्या आउँछ । प्याकेजिङ खानेकुरामा अत्यधिक मात्रामा चिल्लो, नुनिलो र गुलियो पदार्थ हुने हुनाले बालबालिकामा मोटोपन देखिन सक्छ ।
ती खानेकुरामा पौष्टिक तत्व नहँुदा सानै उमेरमा मधुमेह, उच्च रक्तचाप, हड्डी कमजोर हुनेजस्ता समस्या समेत देखिन्छन् ।

त्यस्ता खानेकुरामा विभिन्न किसिमका केमिकल मिसाइएका हुन्छन् । त्यही केमिकलले स्वाद दिन्छ र बच्चालाई एक प्रकारको लत समेत लाग्छ । एकछिन पेट भरिएकोजस्तो हुन्छ । तर, शरीरलाई पोषण भने दिँदैन । जसले गर्दा शरीरमा रोगसँग लड्ने क्षमता कम हुनुका साथै बालबालिकाहरु बिरामी समेत हुन्छन् ।

त्यसैले उनीहरुलाई आफूसँगै राखेर घरकै खाना खुवाउने गर्नुपर्छ । घरमा खाजा खुवाउँदा होस् वा बच्चालाई स्कुल पठाउँदा । घरमै बनाएका खाजा चिउरा, चना, आलु, भटमास, मकै भुटेर खुवाउने बानी पार्ने हो भने बालबालिको स्वास्थ्यमा समस्या नै आउँदैन ।

त्यसैगरी बजारमा हामीले विज्ञापनमा जङ्कफुडबारे विभिन्न कुराहरु देख्छौँ । तर ती विज्ञापनलार्ई पत्याउने हो भने त्यसलाई कसैले पनि नराम्रो भन्दैनन् । तर रक्सी र चुरोटका पनि पहिला धेरै विज्ञापन आउँथे । अहिले मानिसले त्यसका असरका बारेमा थाहा पाउँदै गएका छन् । अझ त्यसकाविरुद्ध आवाज उठाउँदै गएर विस्तारै बन्द हुँदैछन् । हो, त्यस्तै जङ्कफुड आफ्ना बालबालिकालाई दिनु भनेको चुरोट रक्सी दिएजस्तो हो ।  (पोषणविद् डा.अरुणा उप्रेतिसँग गरिएको कुराकानीमा आधारित )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्