२४ ओटा भूउपग्रह एकैसाथ अन्तरिक्षमा राख्न सफल, सफलतापूर्वक प्रक्षेपण सम्पन्न

२४ ओटा भूउपग्रह एकैसाथ अन्तरिक्षमा राख्न सफल, सफलतापूर्वक प्रक्षेपण सम्पन्न

वासिङ्टन, असार १० । संयुक्तराज्य अमेरिकाको एक निजी कम्पनीले एकैसाथ २४ ओटा भूउपग्रह पृथ्वीको कक्षमा राख्न सफलता हासिल गरेको छ ।

विश्वकै धनाढ्य एलन मस्कको अगुवाइमा स्थापित ‘स्पेसएक्स’ कम्पनीको ‘फाल्कन हेभी रकेट’ मंगलबार सफलतापूर्वक प्रक्षेपण गरिएको थियो ।

निकै कठिन मानिएको यस अभियान सफल भएको कम्पनीले जनाएको छ ।

अमेरिकी समयअनुसार बिहान २.३० बजे फ्लोरिडा राज्यको केनेडी अन्तरिक्ष केन्द्रबाट फाल्कन हेभी प्रक्षेपण गरिएको थियो । फाल्कन हेभीको यो तेस्रो प्रक्षेपण हो ।

स्पेसएक्स कम्पनीको इतिहासमै यो निकै चुनौतीपूर्ण प्रक्षेपण हो । र, यस अभियानमा करिब ६ घन्टा लागेको थियो ।

स्पेसएक्सकाअनुसार गत अप्रिलमा फाल्कन हेभीको परीक्षण उडानमा प्रयोग गरिएको ‘बुस्टर’लाई पनि यसपटक पुनः प्रयोग गरिएको थियो ।

अन्तरिक्षमा उपग्रह स्थापनामा केन्द्रित गरिरहेको स्पेसएक्सले निकट भविष्यमै मानिसलाई अन्तरिक्ष पर्यटनमा लैजाने योजना अघि बढाएको छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्