बिराटनगरको नोबेल अस्पतालमा ‘ओपन हार्ट सर्जरी’ सुरु गर्ने तयारी

बिराटनगरको नोबेल अस्पतालमा ‘ओपन हार्ट सर्जरी’ सुरु गर्ने तयारी

बिराटनगर, असार ११ । नोबेल शिक्षण अस्पतालले ‘ओपन हार्ट सर्जरी’ अर्थात छाती चिरेर गरिने मुटुको शल्यक्रिया सेवा सुरु गर्ने तयारी गरेको छ । ओपन हार्ट सर्जरी सुरु गर्नका लागि अन्तिम तयारी भईरहेको नोबेल अस्पतालले जनाएको छ ।

असार महिना भित्रै सेवा सुरु गरिने मुटु रोग बिशेषज्ञ डा.राजेश नेपालले जानकारी दिए । ‘सामान आईसक्यो, केहि प्राविधिक काम सकेपछि ओपन हार्ट सर्जरी सुरु गर्छौ ।’ डा.नेपालले भने । नेपालका केहि अस्पतालहरुमा मात्र ओपन हार्ट सर्जरी हुने गर्छ । जसका कारण बिरामीहरुले सहज रुपमा सेवा पाउँन कठिन हुँने गरेको छ । तर, अव नोबेलले यो सेवा सुरु गरेपछि बिरामीहरुलाई थप सहज हुँनेछ । ओपन हार्ट सर्जरीका लागि अत्याधुनिक उपकरण र बिशेषज्ञ चिकित्सकको व्यवस्था मिलाईएको अस्पताल सञ्चालक डा.सुनिल शर्माको भनाई छ । ओपन हार्ट सर्जरीका लागि गंगालाल अस्पताल र नोबेलवीच प्राबिधिक सहयोग एवं सहकार्यको सम्झौता भएको थियो । सोहि क्रममा बोल्दै अस्पताल सञ्चालक डा.शर्माले ओपन हार्ट सर्जरी चाडै सुरु गर्ने घोषणा गरेका थिए ।

स्तरीय उपचारलाई प्राथमिकता दिदै आएको नोबेलले २०७२ सालबाट क्याथल्याव सञ्चालन गरी मुटु रोगको स्तरीय उपचार थालेको हो । यसअघि मुटुको चाल गढबढी सम्बन्धि उपचारका लागि नोबेलले मोफसलमै पहिलो पटक ईपी ल्याव सञ्चालन गर्यो । मुटु रोगको गुणस्तरीय उपचारका लागि नोबेलले केहि महिना अघि नेपालमै पहिलो पटक अत्याधुनिक थ्रीडी ओसिटी मेसिन प्रयोगमा ल्याएको छ । जटिल एन्जियोप्लाष्टिमा प्रयोग हुँने यो मेसिन कोरोनरी आर्टरी सागुरिएका बिरामीको ब्लकेज खोल्ने क्रममा स्टेण्ट राख्न अत्यन्तै उपयोगी मानिन्छ ।

नोबेलले सुरुवाती चरणदेखि नै मुटुको ईसीजी, टिएमटी, होल्टर, ईको लगायत सेवा प्रदान गर्दै आएको छ । सेवा बिस्तार गर्दै आएको नोबेलले एन्जियोग्राफी, एन्जियोप्लाष्टि, पेसमेकर लगायत सेवा पनि प्रदान गर्ने गरेको छ । अव ओपन हार्ट सर्जरी सुरु भएपछि मुटु रोगको सवै किसिमको उपचारमा नोबेल सक्षम हुने अस्पताल सञ्चालक डा.शर्माले बताए । अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्थापन मिलाएर नोबेलले स्तरीय उपचारका क्षेत्रमा छलाङ्ग मार्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्