धान दिवस : बुढीगंगाका अध्यक्षले हलो जोते, किसानलाई धानफल्ने खेतमा उद्योग आउँदा चिन्ता

धान दिवस : बुढीगंगाका अध्यक्षले हलो जोते, किसानलाई धानफल्ने खेतमा उद्योग आउँदा चिन्ता

विराटनगर, १५ असार ।
आज १५ असार, देशभरी नै धान दिवस मनाईएको छ । धान दिवस मनाउँदै गर्दा धेरै किसान भने निराश छन् । किनकी रोपाईं गर्न मिल्ने गरी अझै पानी परेको छैन । मोरङको बुढीगंगा गाउँपालिकाका किसानलाई चाहिँ अर्कै चिन्ता छ । धानखेतमा उद्योग संचालन हुन थालेपछि उनीहरुमा चिन्ता बढेको हो ।

बुढीगंगा गाउँपालिका वडानम्बर ६ का नरबहादुर बुढाथोकी ७८ वर्षको हुनु भयो । उहाँ २०६३ सालमा मधेश झर्नु भएको हो । पहाड बस्दासम्म निक्कै रमाईलो गरी रोपाई गर्नु भएका बुढाथोकीले मधेश झरेपछि धित मारेर रोपाई गर्न पाउनु नै भएको थिएन । तर यो बर्ष गाउँका सबैले मिलेर परिववर्तनका लागि अभियानले धान रोपाईको आयोजना गरेपछि बुढाथोकीलाई निक्कै नै उत्साहित बनायो । बुढीगंगा गाउँपालिका वडा नम्बर ६ सिउचरमा गाउँपालिकाका अध्यक्ष बालचन्द माझी सहित उपाध्यक्ष अमृता गच्छदार तथा गाउँघरबाट आएकाहरु बाजागाजा सहित धान रोपाईँ गर्दै गर्दा किसानलाई एउटै चिन्ता छ, उद्योग बढ्दै जाँदा धान फल्न छाडे । सिमेन्ट फ्याक्टीको छेउछाउमा उब्जाउ नै हुन छाडेको छ । बहुउदेश्यीय कृषक समुहकी अध्यक्ष शुशिला चौधरी भन्नुहुन्छ, खेती भएको ठाउँमा उद्योग निर्माण हुँदै जाँदा समस्या हुन थालेको छ ।

यो बुढीगंगा गाउँका सबै बासिन्दाको साझा समस्या हो । धान फल्ने फाँटमा सिमेन्ट उद्योग खुलेपछि खेतीसँगै स्वास्थ्यमा पनि समस्या भएको बुढीगंगा ६ तिलाठेका किसान अन्तराम माझी बताउनुभयो ।
धान दिवस मनाईरहेको बेला पुगेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेले पनि उद्योग धन्दाले समस्या निम्त्याएको बताउनुभयो ।

जल, जमिन र हावाबाट निस्कने प्रदुषणको कारण उत्पादन घटेको, झारपात मरेका, पानीका मुहान सुकेको, उद्योगबाट निस्किएको पहेँलो पनी बालीमा पस्दा बाली नै नष्ट भएको गुनासो किसानबाट आउने गरेको उहाँको भनाई छ ।

धान दिवस मनाउँदै गर्दा धेरै ठाउँमा रोपाईं हुन सकेको छैन । नहरको पानी लाग्ने खेतमा पनि कतै उद्योगका समस्या छ त कतै प्लटिङका कारण खेतीयोग्य जमिन घट्ने क्रममा छन् ।

(प्रस्तुती:सुमन सुस्केरा/ओबी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्