विवाहमा दुई अर्ब भारतीय रुपैयाँ खर्च : ३ सय क्विण्टल फाेहाेर, २ लाख ५० हजार जरिबाना

विवाहमा दुई अर्ब भारतीय रुपैयाँ खर्च : ३ सय क्विण्टल फाेहाेर, २ लाख ५० हजार जरिबाना

एजेन्सी, १७ असार । भारतको उत्तराखण्डको अउली नगरमा एक वैवाहिक कार्यक्रमका क्रममा थुप्रिएको करिब तीन सय क्विन्टल फोहोर विसर्जन गरिएको छ ।नगर निगमका अधिकारीहरुका अनुसार दक्षिण अफ्रिकाका एक व्यापारीका दुई छोराको बिहेका कारण त्यस्तो फोहोर थुप्रिएको थियो ।

जोशीमठ नगर निगमका सफाई कर्मचारी अनिल कुमारले बिहेका कारण दुर्गन्धित भएको इलाका पुरै सफा गरिएको जानकारी दिनुभयो । गुप्ता परिवारको विवाह समारोह गत जुन १८ देखि २२ तारिखसम्म भएको थियो ।

गुप्ता परिवारका सदस्य अजय गुप्ताले सफाइका लागि भारतीय रुपैयाँ ५४ हजार नगर निगमलाई भुक्तानी गरेको बताउनुभयो । निकै भव्य रुपमा गरिएको यस विवाह कार्यक्रममा करिब भारु दुई अर्ब खर्च भएको बताइएको छ ।

तर नगर निगमले फाेहाेर व्यवस्थापन नगरेकाे भन्दै गुप्ता दाजुभाइलाई २ लाख ५० हजार भारतीय रुपैयाँ जरिबाना लगाएकाे छ । त्यस्तै फाेहाेर संकलन गर्दा लागेकाे खर्च झण्डै ८ लाख रुपैयाँ गुप्ता दाजुभाइलाई तिराइने नगर निगमले जनाएकाे छ ।

नगरका विभिन्न स्थानमा छरिएको फोहोर सफा गर्न २० जना सफाइ कर्मचारी खटाएको पनि नगर निगमले जनाएको छ ।

उत्तराखण्ड उच्च अदालतले पनि जिल्ला प्रशासनलाई फोहोरका कारण उत्पन्न समस्याका बारेमा प्रतिवेदन बुझाउन आदेश दिएको छ ।

विवाह समारोहमा मुख्य मन्त्रीहरु, नायिका कट्रिना कैफ, योग गुरु बाबा रामदेव समेतका विशिष्ट पाहुनाहरु सहभागी भएका थिए । विवाह कार्यक्रमकै अवसरमा रामदेवले दुई घण्टे योग शिविर सञ्चालन गरेका थिए । विवाहमा सहभागी हुने अतिथिहरुका लागि हेलिकप्टरको समेत व्यवस्था गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्