डाक्टरले मृत घोषित गरेका युवाले दाहसंस्कारकाे बेला जिउ चलाए…

डाक्टरले मृत घोषित गरेका युवाले दाहसंस्कारकाे बेला जिउ चलाए…

एजेन्सी ।भारतको उत्तर प्रदेश राज्यको राजधानी लखनउमा सोमबार एक निजी अस्पतालका डाक्टरहरुद्वारा मृत घोषित गरिएका एकजना युवा ज्युँदै रहेको पाइएको छ।

डाक्टरहरुले मृत घोषित गरेपछि २० वर्षका मोहम्मद फुरकानलाई परिवारका सदस्यहरुले अन्तिम संस्कारका लागि लगेका थिए। दाहसंस्कारको तयारी गरिरहेको समयमा उनको जिउ चलेको देखिएको थियो। लगत्तै परिवारका सदस्यहरु युवकलाई लिएर अस्पताल पुगेका थिए जहाँ अस्पतालले उनलाई जिवितै रहेको बताएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

मोहम्मद फुरकान जुन २१ मा एक दुर्घटनामा परेर घाइते भएका थिए। त्यसपछि उनलाई उपचारका लागि एक निजी अस्पतालमा भर्ना गरिएको थियो। सोमबार उनलाई डाक्टरले मृत घोषणा गरेका थिए। मृतकको लाशलाई एम्बुलेन्समार्फत उनको घर पुर्‍याइएको थियो।

फुरकानका दाजु मोहम्मद इरफानले यो घटना अप्रत्यासित भएको र परिवारलाई विश्वासै नलागेको बताए। इरफानले भने,‘फुरकानलाई उपचारका लागि एक नीति अस्पतालमा भर्ना गरिएको थियो। उपचारका लागि अस्पताललाई सात लाख रुपैयाँ बुझाइसेका थियौँ। जब हामीले आफूहरुसँग पैसा नभएको बतायौँ उनीहरुले सोमबार फुरकानलाई मृत घोषणा गरे। तर अब हामी राम मनोहर लोहिया अस्पतालमा उपचार गराईरहेका छौँ। उनलाई भेन्टिलेटरमा राखिएको छ।

लखनउका प्रमुख चिकित्सा अधिकारी नरेन्द्र अग्रवालले भने, ‘हामीले यस मामिलाको जानकारी पाएका छौँ। यसको जाँच गरिनेछ।’

फुरकानको उपचार गरिरहेका डाक्टरले भने, ‘फुरकानको अवस्था गम्भिर छ। तर यो ब्रेन डेथ नभएको निश्चित छ। उनको नाडी, ब्लड प्रेसर र मस्तिष्कले काम गरिरहेको छ। उनलाई भेन्टिलेटरको सहायतामा राखिएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्