नेदरल्याण्डस पहिलो पटक महिला विश्वकप फुटबलको फाइनलमा

<span class='c1'>नेदरल्याण्डस पहिलो पटक महिला</span> <span class='c2'>विश्वकप फुटबलको फाइनलमा</span>

एजेन्सी ।नेदरल्याण्डस महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा स्वीडेनलाई पराजित गर्दै नेदरल्याण्डसले पहिलो पटक महिला विश्वकप फुटबलको फाइनलमा स्थान बनाएको हो ।

फ्रान्समा जारी प्रतियोगिता अन्तर्गत निर्धारित समयमा दुवै तर्फबाट गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । नेदरल्याण्डसका लागि ९९ औँ मिनेटमा ज्याकी खुनाले गरेको गोल नै जितका लागि पर्याप्त भयो ।

युरोपियन च्याम्पियन नदरल्याण्डसले उपाधिका लागि साबिक विजेता अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ ।

फाइनल खेल आउँदो आइतबार लियोनमा हुनेछ । अमेरिकाले इंग्ल्याण्डलाई पराजित गरेर फाइनलमा स्थान बनाएको हो । तेस्रो स्थानका लागि स्वीडेनले इंग्ल्याण्डको सामना गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्