लामो समयदेखि आकाशे पानी नपरेपछि रंगेलीमा भ्यागुताको विवाह

लामो समयदेखि आकाशे पानी नपरेपछि रंगेलीमा भ्यागुताको विवाह

रविन्द्र बराल
रंगेली २१ असार । मोरङको रंगेली नगरपालिका ७ मा रहेको श्री संन्सारी मंन्दिरमा स्थानीय कृषकहरुले पोथी भ्यागुतो र भाले भ्यागुतो को बिवाहा गरिदिएका छन् ।
असारको मध्य वितिसक्दा समेत वर्षा नभएपछि कृषकहरुले भ्यागुतोको विवहा गराउन बाध्य भएका हुन । परापुर्व कालमा बुडापाकाहरुले समयमै पानी नपर्दा भ्यागुतो को विवहा गर्ने प्रचलनलाई थाती राख्दै वर्षा हुन्छ भन्ने जनविश्वासका साथ पुर्वि मोरङका किसानले शनिबार भ्यागुताको विवाह गरेका हुन ।


मोरङ का र किसानहरुले सन्सारी मंन्दिरमा विधिवत रुपमा भाले भ्यागुता र पोथी भ्यागुताको विवाह गरेका थिए । वैवाहिक कार्यक्रम मा वेहुला र वेहुलीपंक्ष सहित वैवाहिक कार्यक्रम अनुसार किसानहरुले विवाह सम्पन्न गरेका थिए । मन्दिरका पुजारीले वैद्धिक मन्त्र पढेपछि भाले भ्यागुताको तर्फवाट पोथी भ्यागुतालाई चुरा पोते तथा श्रगारका सामान लगाएर वेहुलिझै सिगारिएको थियो । भ्यागुताको विवाह गर्दा वर्षा हुने जन विश्वास रहिआएकाले किसानहरु सामुहिक रुपमा भेलाभई विवाह सम्पन्न गरेका हुन ।


रंगेली नगरपालिकाका वर्डा न ७ का वर्डा अध्यक्ष रामचन्द्र मण्डल र मन्दिर व्यवस्थापन समितिका अध्यक्ष संजिव श्रेष्ठलेले वेहुला र वेहुलीपंक्षको भुमिका निर्वाह गर्नु भएको थियो । कार्यक्रममा रंगेली , सुनवर्सी नगरपालिका तथा धनपालथान गाउपालिकाका किसानका सहभागिता थियो । समयमा वर्षा नभएका कारण मोरङमा अहिले सम्म १५ देखी २० प्रतिशतमात्र धान रोपाई भएको छ । अघिल्लोवर्ष मोरङमा यो अवधिमा ४० प्रतिशतभन्दा वढि रोपाई भएको थियो । निरन्तर वर्षा हुने असार महिनामा वर्षा नभएपछि वर्षाहुने आशमा भ्यागुताको विवाह गरेको कृषकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्