४ छोराछोरीसहित सप्तकोसीमा हामफालेकी महिलाको पहिचान खुल्यो , ३ छोराछोरी अझै बेपत्ता

४ छोराछोरीसहित सप्तकोसीमा हामफालेकी महिलाको पहिचान खुल्यो , ३ छोराछोरी अझै बेपत्ता

सप्तरी, २१ असार ।  छोराछोरीसहित आत्महत्या गर्न सप्तकोसी नदीमा हामफालेकी महिलाको पहिचान खुलेको छ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी मकेन्द्र मिश्रका अनुसार नदिमा हामफाल्ने सिरहाको गोलबजार नगरपालिका–८ की ३५ वर्षीया रुक्सना खातुन हुन्। उनी ३ छोरा र १ छोरीसहित शुक्रबार साँझ कोशी नदिमा हामफालेकी थिईन्।

हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहस्थित कोसी ब्यारेजमा शुक्रबार साँझ करिब ८ बजे हामफालेका मध्ये रुक्सनालाई शनिबार बिहान प्रहरी र स्थानीय माझीको सहयोगमा उद्धार गरिएको हो। ४ छोराछोरीमध्ये ५ वर्षीय मो. तहसिललाई भने शुक्रबार साँझ उद्धार गरिएको थियो।

बालकको पुल नजिकै र महिलाको पुलबाट करिब ४ किलोमिटर तल पलार भन्ने स्थानबाट बेहोस अवस्थामा उद्धार गरिएको मिश्रले बताए। रुकसनाका हराईरहेका अन्य २ छोरा र एक छोरीको खोजी भईरहेको उनको भनाई छ। भेटिएका दुवैको स्थानीय भारदह अस्पतालमा उपचार भइरहको छ।

रुक्सनाका पति मो. तैयवसहित परिवारका सदस्य प्रहरी र गोताखोरको टोलीले वेपत्ताको खोजी गरीरहेको ईलाका प्रहरी कार्यालयले जनाएको छ। सप्तकोशी नदीमा पानीको बहाब वढेकाले खोजीमा समस्या भएको डिएसपी मिश्रले जानकारी दिए।

महिलाले ४ जना छोराछोरीसहित आत्महत्या गर्न खोज्नुको कारण भने हालसम्म नखुलेको प्रहरीले जनाएको छ। ‘हामीले रुक्सनालाई सोध्ने प्रयास गर्यौ, तर उनी भक्कानिएर रुन थालेपछि अहिलेलाई त्यो योजना छोडियो,’ उनले भने, ‘पति र परिवारले घरमा त्यस्तो कुनै झगडा र असामान्य अवस्था नरहेको बताएका छन्, थप कुरा अनुसन्धानपछि नै भन्न सकिन्छ।’

प्रहरीले बेपत्ताको उद्धारलाई प्राथमिकता दिएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्