विराटनगरमा गएरातीदेखी नै झरी पर्दै , चार दिनसम्म भारी वर्षाको संभावना

विराटनगरमा गएरातीदेखी नै झरी पर्दै , चार दिनसम्म भारी वर्षाको संभावना

विराटनगर २३ असार । असारको मध्य समय वितिसक्दा पनि मनसुन सक्रिय नहुदा किसानीहरु धान रोप्न नपाएर समस्यामा परेका थिए । तर विराटनगरमा गएरातीदेखी निरन्तर झरी परिरहेको छ । यसका साथै पूर्वी जिल्लाको विभिन्न स्थानमा भारी वर्षा भएसँगै किसानहरुलाई भने केही राहत मिलेको छ ।
केही दिनसम्म टन्टलापुर लागेको घामका कारण विराटनगरका आम सर्वसाधरणको जनजीवन कष्टकर बन्दै गएको थियो । तर आइतबार रातीदेखी परेको अविरल वर्षाले गर्दा केही राहत मिलेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखालका अनुसार आगामी चार दिनसम्म देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ ।
भारतमा रहेको न्यून चापीय रेखा ’पानी पर्ने प्रणाली’ उत्तर नेपालतर्फ सर्दै गएकाले नेपालमा मनसुनी गतिविधि सक्रिय भएको महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताए ।उक्त न्यून चापीय प्रणाली चार÷पाँच दिनसम्म रहन सक्ने र त्यसपछि दक्षिणतिर सर्ने भएकाले नेपालमा भन्दा भारतमा वर्षा बढी हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मङ्लबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरैजसो भागमा वर्षाको सम्भावना रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्