विराटनगरका मेयर भीम पराजुलीले डुवानको बेला नगरवासीसँग यसरी क्षमा मागे

विराटनगरका मेयर भीम पराजुलीले डुवानको बेला नगरवासीसँग यसरी क्षमा मागे

विराटनगर २५ असार । विराटनगरमा २ यता परेको अविरल वर्षाका कारण नगरका धेरै स्थान डुवानमा परेका छन् । बुधबार विहानदेखि निरन्तर परेको वर्षाले गर्दा विराटनगरका धेरै स्थान डुवानमा परेका दृष्य सामाजिक सञ्जालले पनि देखाईरहेको छ ।


आज विहानै देखी परेको अविरल वर्षाले गर्दा डुवान भएका स्थानमा मेयर भीम पराजुली आफै पुगेर नगरवासीलाई नआतिहाल्न आम नगरवासीलाई आसवसन दिएका छन् । मेयर पराजुलीले डुवान क्षेत्रमा पुगेर अहिले महानगर निर्माणधीन कार्य भईरहेकाले केही समस्या देखीएको छ । ‘यसले गर्दा नगरवासीलाई केही असहजता छाएको मैले पनि महशुुस गरेको छु ,यो स्थितीमा नगरवासीसँम म क्षमा माग्न चाहान्छु ।’ ‘मेयर आफैले भनेका छन् यो दुःख अब धेरै रहदै चाडै महानगरलाई साँचिकै महानगर बनाउने योजना लिएर हिडेको छु ।’मेयर पराजुलीले प्रत्येक वडा अध्यक्षहरुसँग डुवान क्षेत्रमा पुगेर ढल निकासाका लागी पहल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्