चार्जमा राखेको मोवाईल छुदा करेन्ट लागेर ६ वर्षिय बालकको मृत्यु

चार्जमा राखेको मोवाईल छुदा करेन्ट लागेर ६ वर्षिय बालकको मृत्यु

झापा २६ असार । चार्जमा राखेको मोवाईल छुदा करेन्ट लागेर गौरादह ८ दामाबारीमा एक बालकको मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका घर भई झापाको गौरादह ८ जुरोपानी दामाबारी चोक स्थित मामाघर बस्दै आएका ६ बर्षिय रोशन महतोको बिहिबार बिहान १० बजे करेन्ट लागेर मृत्यु भएको हो ।


मोरँग रतुवामाई १ का गोल्छा महतोका छोरा ६ बर्षिय रोशन महतो गौरादह ८ दामाबारी स्थित मामा सँजित महतोको घरमा बसेर स्थानिय ज्ञानोदय माबिमा कक्षा एलकेजीमा अध्ययनरत थिए । मोबाईल चार्जमा राखिएको बेला भिजेको हातले छुदा करेन्ट लागेको कुरा पारिबारिक स्रोतले जनाएको छ ।
घटनास्थलको मुचुल्का बनाई बालकको सबलाई पोस्टमार्टमका लागि दमक लगिएको ईप्रका गौरीगञ्जले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्