बीपी स्वास्थ्य प्रतिष्ठान धरानका उपकूलपति रौनियार ८ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ

<span class='c1'>बीपी  स्वास्थ्य प्रतिष्ठान धरानका उपकूलपति </span> <span class='c2'>रौनियार ८ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ</span>

धरान, २७ असार । । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकूलपति प्राडा राजकुमार रौनियार ८ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार साँझ रौनियारलाई विश्वविद्यालयको कार्यालय परिसरमा रहेको उपकूलपतिको निवासबाटै घुससहित रंगेहात पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

उपकूलपति रौनियार सँगै विश्वविद्यालयमा एमडीमा अध्ययनरत डा. रामहरि रौनियार पनि पक्राउ परेका छन् । रौनियारले विचौलियाको रुपमा घुस रकम लिएर उपकूलपतिलाई बुझाएको र सोही क्रममा दुवैलाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ । घुस रकमसहित पक्राउ परेलगत्तै उपकूलपति रौनियार स्वतः निलम्वनमा परेका छन् ।

अख्तियारका अनुसार विश्वविद्यालय प्रांगणमा निर्माण भएका विभिन्न भवनहरुको कार्य सम्पन्न भएपछि भुक्तानी दिने क्रममा उपकूलपति रौनियारले निर्माण व्यवसायीसँग कमिशन वापत रकम पाउनु पर्ने भन्दै रकमको वार्गेनिङ गर्दै आएका थिए । उपकूलपतिले रकम वार्गेनिङ गरेको सूचनाको आधारमा अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट खटिएको विशेष टोलीले विहीवार उनीहरु दुवैलाई घुस रकमसहित पक्राउ गर्न सफल भएको हो ।

उपकूलपतिले घुस रकम लिनका लागि विश्वविद्यालयमै एमडी पढ्ने डा. रामहरि रौनियारलाई प्रयोग गरेका थिए । केहीदिन देखि उपकूलपतिको आदेश भन्दै रामहरिले नै रकमको बार्गेनिङ गर्दै आएका थिए । निर्माण व्यवसायी बाट रकम लिएर उपकूलपतिलाई बुझाउने क्रममा उनीहरु दुवै जना अख्तियारको नियन्त्रणमा परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्