विराटनगर असार २८, विराटनगरका विभिन्न वडा अहिले लगातारको बर्षाले डुबानमा रहेका छन् । विराटनगरमा हरेक वर्ष बर्खाको बेला बाढी आउने गर्दछ ।
विराटनगरमा यसवर्ष पनि जनजीवन प्रभावित गर्ने गरि बाढीले सताएको अवस्था छ । यस्तोमा विराटनगरका मेयर भिम पराजुलीको सक्रियता पनि बढेको छ । विराटनगरमा राहत तथा उद्धारका लागि उनी खटिएका छन् । सबै पिडित वडाहरुमा मेयर पराजुली र उनको टोली पुग्दै आएको छ ।
उनिसंगै हरेक वडाका अध्यक्षहरुको सक्रियता पनि बढेको छ ।
विराटनगरमा अहिले विराटनगर महानगरपालिका सहित विभित्र संघसंस्थाको आयोजनामा राहत तथा उद्धारका काम जारी रहेको अवस्था छ । विराटनगरमा बाढी आउने थाहा हुदाहुदै पनि समयमा सावधानी तथा योजना नबनाएको भन्दै मेयर पराजुलीको विरोध पनि सुनिदै आएको छ ।