सप्तकोशीमा पानीको बहाब बढ्ने क्रम जारी, ३३ वटा ढोका खोलियो

<span class='c1'>सप्तकोशीमा पानीको बहाब बढ्ने क्रम</span> <span class='c2'>जारी, ३३ वटा ढोका खोलियो</span>

इटहरी असार २८ ,  सप्तकोशीमा पानीको बहाब बढ्ने क्रम जारी छ। शनिबार बिहानसम्म सप्तकोशीमा पानीको बहाब २ लाख ४६ हजार ८ सय ३३ क्युसेक पुगेको हो।

यो अहिले सम्मकै उच्च बहाब हो। ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ। कोशी ब्यारेजका ३३ ढोका खोलिएको छ। पानीको बहाब अनुसार थप ढोका खोलिएको जनाइएके छ।

यतिखेर पूर्वी तराइका जिल्लामा पानी पर्न रोकिएको छ। तथापी पहाडी जिल्लामा अघिल्लो दिनसम्म परेको पानी कोशी ब्यारेसम्म आइपुग्न समय लाग्ने हुँदा अहिलेको बहाब अघिल्लो दिन परेको पानीको मात्रा अनुसार निर्धारण हुनेगर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्