प्रदेश नम्बर १ मा बाढी पहिरोमा अहिलेसम्म ११ जनाको मृत्यु

प्रदेश नम्बर १ मा बाढी पहिरोमा अहिलेसम्म ११ जनाको मृत्यु

मृत्यु हुनेमा २ महिला र ४ बालबालिका छन् भने खोलाले बगाएर ४ जना बेपत्ता छन् । भोजपुरमा थप ३ जना बेपत्ता भएको खबर आएपनि उनीहरूको विवरण प्राप्त नभएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

खोटाङ मा बाढीले घर भत्किँदा शुक्रबार एक महिला र उनका दुई छोराको मृत्यु भएको छ ।
घरको पर्खालले किचिएका रेखा राई (२८), उनका छोरा ४ वर्षीय रोमन र ७ महिने रोहनको शनिबार बिहान शव निकालिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै उदयपुर घर भई इटहरीमा बस्दै आएका सागर थापालाई स्थानीय खोलाले बिहीबार बगाएकोमा शनिबार बिहान शव फेला परेको छ । पाँचथरको मिक्लाजुङ ४ मा ९ वर्षीय दिवन राई खोलाले बगाएर शुक्रबारदेखि बेपत्ता छन् ।

झापा भद्रपुर ९ का सफल हस्दा (४५) लाई बिहीबार खोलाले बगाएकोमा उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । सुनसरी बराह नगरपालिका १ का १० वर्षीय अर्पन राई र मोरङ कानेपोखरी २ का नाम थर नखुलेका एक व्यक्ति बिहीबारदेखि खोलाले बगाएर बेपत्ता भएको प्रहरीले बताएको छ । हिमालखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्