सप्तकोशीमा माटो सफा गर्न ५६ ढोका खोलियो , पानीको बहाव बढ्दै

<span class='c1'>सप्तकोशीमा माटो सफा गर्न ५६ ढोका</span> <span class='c2'>खोलियो , पानीको बहाव बढ्दै</span>

विराटनगर असार २९ ,

निरन्तरको वर्षाका कारण पूर्वी पहाडी क्षेत्रमा आएको बाढीले सप्तकोशीमा पानीको बहाव उच्च भएको छ । शनिबार राति ९ बजेको मापन अनुसार पानीको वहाव ३ लाख ७१ हजार ११० सय क्यूसेक पुगेको छ ।

सप्तकोसी पुल उच्च जोखिममा परेका कारण राती १० बजे कन्ट्रोल रुमले ५६ वटै ढोका खुल्ला गरेको सशस्त्र प्रहरी बल भण्टावारीका इन्स्पेक्टर सुरेन्द्र भण्डारीले जानाकारी दिएका छन् । केही समयको लागि माटो सफा गर्न ५६ ढोका खोलिएको उनलेे बताए ।

वर्षा निरन्तर जारी रहेकाले सप्तकोशीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्क अवस्थामा रहन अपिल गरेको छ । स्थानीय प्रशासनले तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह गर्दै सबै निकायलाई तयारी अवस्थामा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्