पहिरोमा परेर ओखलढुंगामा एकै परिवारका दुईसहित पाँच जनाको मृत्यु

<span class='c1'>पहिरोमा परेर ओखलढुंगामा एकै परिवारका</span> <span class='c2'>दुईसहित पाँच जनाको मृत्यु</span>

ओखलढुंगा ,२९ असार । ओखलढुंगामा लगातारको वर्षाका कारण गएको बाढी पहिरोमा परेर एकै परिवारका दुईसहित पाँच जनाको मृत्यु भएको छ। शुक्रबार र शनिबारको बाढी पहिरोमा परेर पाँच जनाको मृत्यु भएको हो।

पाँचमध्ये तीन जना पहिरोले पुरेर र दुई जनाको बाढीले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए। शनिबार दिउँसो गएको पहिरोले घर पुर्दा मोलुङ गाउँपालिका ७ पात्लेका आङफुरी शेर्पाकी ४० वर्षीया पत्नी खपुटी शेर्पा र उनकी १२ वर्षीया छोरी याङ्जी शेर्पाको घटनास्थलमै मृत्यु भएको छ।  घरमाथिबाट आएको पहिरोले घर पुर्दा घरमा बसिरहेका उनीहरुको ज्यान गएको प्रहरी निरीक्षक श्रेष्ठले बताए।

त्यस्तै सिद्धिचरण नगरपालिका ६ जन्तरखानीका ५० वर्षीय गुणबहादुर श्रेष्ठको घर र गोठ बगाउँदा उनकी पत्नी कान्छीमाया श्रेष्ठको मृत्यु भएको छ। पहिरोले पुरिएको अवस्थामा प्रहरी र स्थानीयले उनको शव निकालेका थिए। पहिरोले भैंसी र बाख्रासमेत बगाएको थियो।

पहिरोबाट आफन्त र घरबार गुमाएका श्रेष्ठ र शेर्पाका आफन्त छिमेकीको शरणमा बसेका छन्।

बाढीमा परेर शुक्रबार चिसंखुगढी गाउँपालिका ४ रातमाटेकी ८५ वर्षीया पासाङ पुटी शेर्पा र सुनकोसी गाउँपालिका ४ जेरुङका ५५ वर्षीय कुमार राईको मृत्यु भएको थियो। शेर्पाको शव खोलामा भेटिएको थियो भने राईलाई उद्धार गरेर अपस्तालमा पुर्‍याइएपछि उपचारका क्रममा मृत्यु भएको थियो।

लामो समयको खडेरीपछि परेको भीषण वर्षाका कारण सुनकोसी, मोलुङ, सिद्धिचरण तथा खिजीदेम्वा गाउँपालिकामा गरि तीन घर बगेका छन् भने ८ घर पहिरोको उच्च जोखिममा परेका छन्। उनीहहरुलाई सुरक्षित रहन सर्तक गराइएको जिल्ला विपत व्यवस्थापन समितिले जनाएको छ।

घर तथा आफन्त गुमाएका व्यक्तिलाई राहत उपलब्ध गराउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्