अष्ट्रेलियामा शक्तिशाली भूकम्प , झण्डै एक मिनेटसम्म घरहरु हल्लिए

<span class='c1'>अष्ट्रेलियामा शक्तिशाली भूकम्प , झण्डै</span> <span class='c2'>एक मिनेटसम्म घरहरु हल्लिए</span>

सिड्नी–अष्ट्रेलियाको उत्तरपश्चिमी क्षेत्रमा आइतबार बिहान शक्तिशाली भूकम्प आएको छ । हिन्द महासागरको १० किलोमिटर तल केन्द्रविन्दु रहेको उक्त भूकम्प ६.६ म्याग्नीच्युडको रहेको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् ।

 

भूकम्पले ठूलो क्षेत्रमा प्रभाव परेपनि घाइते तथा क्षतिको विवरण भने अहिलेसम्म नआएको उनीहरुको भनाई छ ।  अमेरिकी भूगर्भ मापन केन्द्रले भूकम्पपछिको आँधीको कुनै खतरा भने नरहेको स्पष्ट पारेको छ ।

ब्रुम प्रहरी विभागले झण्डै एक मिनेटसम्म घरहरु हल्लिए पनि कुनै क्षतिको विवरण प्राप्त भइनसकेको जानकारी दिएको छ ।

राष्ट्रिय प्रसारण एबीसीले भने सामान्य क्षतिका केही खबर आएपनि कसैको मृत्यु भएको वा कोही घाइते भएको खबर नआएको जनाएको छ । –एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्