कोशीको बहावमा उतारचढाव कायमै, पानीको सतह फेरि बढ्न सक्ने सम्भावना

कोशीको बहावमा उतारचढाव कायमै, पानीको सतह फेरि बढ्न सक्ने सम्भावना

इनरुवा ३० असार । सप्तकोशी नदीकोे बहावमा उतार चढावको क्रम जारी छ । पछिल्लो मापन अनुसार कोशीमा पानी २ लाख ६ हजार क्युसेक प्रतिसेकेण्ड रहेको छ । ब्यारेजका ३१ ढोका खोलिएका छन् । शनिबार राति ३ लाख ७१ हजार १ सय १० क्यूसेक प्रतिसेकेण्ड पुगेको पानीको बहाव ५६ ढोका खोलिएपछि हिजो बिहानबाट क्रमशः घट्दोे क्रममा रहेको थियो । २ लाख १३ हजार क्यूसेकमा झरेको पानी बढेर २ लाख ९१ हजार क्यूसेकमा पुगेको भए पनि यतिबेला पुनः कोशीको बहावमा कमी आएको छ । पूर्वी भेगमा आज बिहानबाट केही मत्थर भएको वर्षा पुनः सुरु हुने सम्भावना बढेकाले नदीको जलस्तर बढ्न सक्ने आंकलन गरिएको छ ।

अमर काफ्ले

न्यूज २

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्