मुसलाधारे वर्षाका कारण मुम्बईको डोंगरीमा चार तले भवन भत्कयो ,४० जना पुरिएको आशंका

मुसलाधारे वर्षाका कारण मुम्बईको डोंगरीमा चार तले भवन भत्कयो ,४० जना पुरिएको आशंका

मुम्बई । लगातारको मुसलाधारे वर्षाका कारण आर्थिक राजधानी मुम्बईको डोंगरीमा चार तले भवन भत्किएको छ । भवन भत्किदा झण्डै ४० जना पुरिएको आशंका गरिएको छ । भारतीय सञ्चार माध्यमहरुले भवनमा पुरिएकाहरुको राहत र उद्धार कार्य जारी रहेको बताएका छन् । भवनसम्म पुग्ने बाटो साँघुरो भएका कारण उद्धारमा कठिनाई उत्पन्न भएको बताइएको छ ।

साँघुरो गल्लीमा रहेको भवनको तल पसलहरु थिए भने माथि परिवारहरु बस्दै आएका थिए । स्थानीय बासिन्दाले उक्त भवनमा छ परिवार बस्दै आएको जानकारी दिएका छन् । भवनको आधा भाग जर्जर अवस्थामा रहेको बताइएको छ ।

नवभारत टाइम्सबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्