कश्मीरमा मुसलाधारे वर्षा र बाढीले नीलम घाटीमा ठूलो संख्यामा भवन र मस्जिद ध्वस्त

कश्मीरमा मुसलाधारे वर्षा र बाढीले नीलम घाटीमा ठूलो संख्यामा भवन र मस्जिद ध्वस्त

इस्लामाबाद । पाकिस्तान शासित कश्मीरमा मुसलाधारे वर्षा र बाढीले नीलम घाटीमा ठूलो संख्यामा भवन र मस्जिद ध्वस्त भएका छन् । विभिन्न घटनामा परेर २८ जनाको मृत्यु भएको छ ।

‘एक्सप्रेस ट्रिब्यून’ अनुसार चट्याङका कारण घाटीको लास्वा क्षेत्रमा एक सय ५० भन्दा बढी घरहरुमा क्षति पुगेको छ । कयौं मानिसहरु बाढीमा बगेका छन् । वर्षाका कारण आएको बाढीले दुई मस्जिद पूर्ण रुपमा ध्वस्त भएका अधिकारीहरुले बताएका छन् । वर्षाका कारण प्रभावित क्षेत्रमा मोबाइल फोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

पकिस्तानी सेनाले वक्तव्य जारी गर्दै सोमवार एक गाउँमा फसेका ५२ जनालाई  हेलिकप्टरबाट उद्धार गरेर सुरक्षित स्थानमा पुर्याएको बताएको छ । बाढीले गर्दा अहिले पनि कयौं मानिसहरु घरहरुमा फसेका छन् । उनीहरुको उद्धारका लागि प्रयास भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्