हेलिकोप्टरजस्तै उड्ने बाइकमा प्रशिक्षण लिन सुरु गर्दै दुबई पुलिस !

हेलिकोप्टरजस्तै उड्ने बाइकमा प्रशिक्षण लिन सुरु गर्दै दुबई पुलिस !

एजेन्सी । अब केही समयमै दुबइमा पुलिसहरुले उड्ने मोटरसाइकलमार्फत काम गरिरहेको देख्न पाइने भएको छ । क्यालिफोर्निया स्थित ‘होभरसर्फ’ कम्पनीले सो उपकरण एक प्राविधिक प्रदर्शनीमा प्रस्तुत गरेको एक वर्षपछि नै त्यसको नयाँ मोडल दुबईमा ल्याएको हो जसपछि त्यहाँका पुलिसहरुलाई सो मोटरबाइक चलाउने प्रशिक्षण समेत दिन सुरु गरिएको बताइएको छ । विद्युतबाट चल्ने यस उड्ने मोटरबाइकले हेलिकोप्टर जसरी नै उडान भर्ने र अवतरण गर्न सक्ने बताइएको छ ।

वास्तवमा २०१७ मा भएको सम्झौता अनुरुप होभरसर्फले दुबई पुलिसलाई ‘युनिट एस ३ २०१९ होभरबाइक’ उपहारमा दिएको हो । दुबई पुलिसको प्राविधिक विभागका प्रमुख ब्रिगेडिएर खलिद नासिरले सो मोटरबाइकको व्याख्या गर्दै अब यही साधनलाई कठिन क्षेत्रहरुमा पहिलो उत्तरदायीका रुपमा पठाइने बताएका हुन् ।
अबको दुई वर्षमै होभरबाइकको औपचारिक प्रयोग सुरु हुने उनको भनाइ छ । यस्तोमा अहिले नै सुरक्षाकर्मीहरुले ट्रेनिङ लिन सुरु गरिसकेको उनले सीएनएनसँग बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्