विराटनगरका कलेजहरुमा विकिपिडिया बारेको प्रशिक्षण शुरु, मेरिल्याण्ड र बिजनेशमा सम्पन्न

विराटनगरका कलेजहरुमा विकिपिडिया बारेको प्रशिक्षण शुरु, मेरिल्याण्ड र बिजनेशमा सम्पन्न

विराटनगर, ३ साउन ।
विकिपिडियाका शिक्षाको बारेमा विराटनगरका बिभिन्न कलेजहरुमा जानकारी दिन थालिएको छ । पहिलो पटक विराटनगरमा रहेको मेरिल्याण्ड कलेजले बिबीएममा यो शिक्षाको बारेमा जानकारी दिएको हो ।
विकिपिडिया र यसको अन्य परियोजनाहरूको बारेमा जागरूकता बढाउन कलेज स्तरमा जानकारी दिन थालिएको हो । विकिपिडियालाई शिक्षा क्षेत्रमा सामेल गराउन विद्यार्थी तथा शिक्षकहरूलाई प्रोत्साहन गर्ने, नयाँ सम्पादकहरू भर्ना र सामुदायिक सदस्यहरूसँग सञ्जाल बनाउने उद्देश्यले विकिपिडिया शिक्षा कार्यक्रमको आयोजना भएको कार्यक्रम संयोजक संदिप राउतले जानकारी दिए । मेरिल्याण्ड कलेजबाट ८० जना विद्यार्थीको सहभागीता रहेको कार्यक्रममा सम्पुर्ण विद्यार्थी र शिक्षकहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
विकिपिडियाको प्रश्न सही उत्तर दिएका तीन भाग्यशाली विद्यार्थीहरूलाई पुरस्कार समेत प्रदान गरिएको छ । कार्यक्रमका स्रोत व्यक्ति गणेश पौडेल, सृजना तिम्सिना र बिजय चौरसियाले विकिपिडियाको बारेमा जानकारी दिएका थिए । विकिपीडिया शिक्षा कार्यक्रम मेरिल्याण्ड कलेज पश्चात नेपाल बिजनेश कलेजका ५५ जना विद्यार्थीलाई समेटेर प्रशिक्ष(ा दिईएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्