काठमाडौ मै ‘होल बडी चेकअप’मा अस्पतालको मनपरी, १५ देखि २५ हजारसम्म असुली

काठमाडौ मै  ‘होल बडी चेकअप’मा अस्पतालको मनपरी, १५ देखि २५ हजारसम्म असुली

काठमाडौं, ५ साउन ।  सरकारी तथा निजी अस्पतालले ‘होल बडी चेकअप’को नाममा हजारौं रुपैयाँ असुल्दै आएका छन् । उनीहरूले १ हजार ५ सयदेखि २५ हजार रुपैयाँसम्म लिने गरेको पाइएको छ ।
अस्पतालपिच्छे शुल्क फरक फरक हुँदा बिरामीलाई सकस परेको छ । सरकारले प्रभावकारी नियमन र अनुगमन नगर्दा त्यसको प्रत्यक्ष असर आमउपभोक्तामा परेको हो । ललितपुरस्थित मेडिसिटी अस्पतालले सामान्य शरीर जाँच शीर्षकमा ४ हजार ५ सय र ‘ओभर अल’ चेकजाँच शीर्षकमा २१ हजार रुपैयाँ लिने गरेको छ ।

यस्तै, काठमाडौंस्थित ओम अस्पतालले ‘होल बडी चेकअप’को४ हजार ५ सयदेखि १५ हजार ४ सय रुपैयाँसम्मको प्याकेज रहेको बताएको छ । जसअन्तर्गत पी वान प्याकेजमा ४ हजार ५ सय, पी टू प्याकेजमा ७ हजार ५० र पी थ्री प्याकेजमा ८ हजार ७ सय रुपैयाँ छ । शरीरका सबै भाग चेकजाँचका लागि पुरुषतर्फ १५ हजार ४ सय र महिलातर्फ १४ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ । कार्डियो प्याकेजतर्फ ११ हजार ३ सय र १३ हजार तोकिएको अस्पतालले जनाएको छ ।
मेडिकेयर हस्पिटलले शरीर जाँचका लागि ६ हजार ५ सय रुपैयाँ लिने गरेको छ । त्यस्तै, एभरेस्ट अस्पतालले जनरल चेकअप भन्दै ४ हजार रुपैयाँ लिने गरेको छ । यस्तै, कार्डियोतर्फ ६ हजार रुपैयाँ तोकिएको छ । गाइनोतर्फ ८ हजार ५ सयदेखि १३ हजार ५ सय र इन्डो गाइनोतर्फ ३ हजार २ सयदेखि ६ हजार ५ सय रुपैयाँ लिँदै आएको छ । ग्र्यान्डी अस्पतालले बेसिक प्याकेजअन्तर्गत २ हजार र एक्जुकेटिभ प्याकेजअन्तर्गत २० हजार रुपैयाँ तोकेको छ ।
त्यस्तै, सिभिल अस्पतालले शरीर जाँच शीर्षकमा १ हजार ७ सय ५० देखि ५ हजार रुपैयाँसम्म लिने गरेको छ । बेसिक प्याकेजअन्तर्गत १ हजार ७ सय ५०, एड्भान्स प्याकेजअन्तर्गत ३ हजार ४५ र कम्प्रिहेन्सिभ प्याकेजअन्तर्गत ५ हजार ७ सय तोकिएको छ ।

सरकार गम्भीर नहुँदा नियमन भएन

सरकारी तथा निजी अस्पतालले सेवाको शुल्कसम्बन्धी न्यूनतम मापदण्ड निर्धारण नहुँदा विभिन्न शीर्षकमा मनोमानी रूपमा शुल्क असुल्दै आएका छन् । स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिकामा निजी स्तरमा सञ्चालन हुने स्वास्थ्य संस्थाले लिने सेवा शुल्क निर्धारण गर्न स्वास्थ्य मन्त्रालयका सचिवको अध्यक्षतामा सेवा शुल्क निर्धारण समिति गठन हुने व्यवस्था छ । तर, समिति गठन भए पनि कुनै काम अघि बढाइएको छैन । राजधानी दैनिकमा खबर छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्