बक्सिङ खेलका क्रममा घाईते भएका रुसी बक्सर म्याक्सीम दादासेभको निधन

बक्सिङ खेलका क्रममा घाईते भएका रुसी बक्सर म्याक्सीम दादासेभको निधन

एजेन्सी, ८ साउन ।  बक्सिङ खेलका क्रममा घाईते भएका रुसी बक्सर म्याक्सीम दादासेभको निधन भएको छ ।

अमेरिकाको मेरिल्याण्डमा आइबीएफ लाईट वेल्टरवेटको फाइटका क्रममा घाईते भएका दादासेभको उपचारकै क्रममा निधन भएको हो ।

क्यारेबिएन राष्ट्र पुएर्टो रिकोका बक्सर सुब्रिएल माटियाससँगको फाईटमा २८ वर्षिया दादासेभ घाईते भएका थिए ।

अन्तिम राउण्डको फाईट चलिरहँदा घाईते भएपछि दादासेभलाई अस्पतानल भर्ना गरिएको थियो ।

मस्तिष्कमा रक्तश्राव भएपछि आपतकालिन शल्यक्रिया गरिए पनि चिकित्सकहरुले उनको मुटुको चाल बन्द भएको घोषणा गरे ।

रुसी बक्सिङ महासंघले घटनाबारे छानविन थालेको बताएको छ । दादासेभको उपचारका आवश्यक प्रक्रिया पालना नभएको रुसको आशंका छ ।  दादासेभले यसअघि करियरका सबै १३ वटा फाईट जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्