स्वास्थ्य खबर : महिनावारी अनियमित हुन्छ ? यस्तो छ उपाए

स्वास्थ्य खबर : महिनावारी अनियमित हुन्छ ? यस्तो छ उपाए

महिनावारी महिलाहरुको एक प्राकृतिक प्रकृया हो । महिनावरी महिलासंग मात्रै सम्बन्धित हुन्छ । जुन कुरा नभएमा उनिहरुले मातृत्व समेत वहन गर्न पाउन सक्दैनन् । साधरण तया महिलाहरु किशोरावसथा लागे संगै महिनावारी शुरु हुन्छ ।

यो संगै अधिकांश महिला तथा किशोरीहरुमा महिनावारी अनियमित एकदमै ठुलो समस्या बनेको हुन्छ । जुन कुरा उनिहरुको स्वास्थ्य अवस्था गडवढ, तौल घटवढ, खानपान र रहनसहनका कारण महिनावारी अनियमित हुन्छ । जसका कारण महिला तथा किशोरीहरु चिन्तित रहन्छन् । त्यसैले हामी तपाईहरुलाई महिनावारी अनियमित भएको अवस्थामा घरेलु उपाएको बारेमा जानकारी दिन गईरहेका छौं । जसको प्रयोगले तपाईहरुको महिनावारी अनियमित हुने समस्या कम गर्छ ।

१. यदि तपाईले मुलाको बिउलाई पिसेर पानीसँग दैनिक आधा चम्चा खाँदा महिनावारी नियमित हुने गर्छ ।

२. यदि यस्तो समस्या भएकाहरुले मुला, भटमास, मेथी, गाँजरको मिश्रणबाट जुस बनाई पिउँदा यस्तो समस्याबाट बच्न सकिन्छ ।

३ गुँड र तिलको लड्डुको प्रयोग गर्दा पनि महिनावारीको अनियमिततालाई हटाउछ सक्छ ।

४. यदि तपाईले सुकाई राखेको अनारको बोक्रालाई पिसेर प्रयोग गरेमा महिनावारीमा आउने विभिन्न समस्याबाट छुटकारा पाउन सकिन्छ । पानीसँग एक चम्चा धुलोलाई मिसाए पिउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्