अन्तराष्ट्रिय : बेलायतमा बोरिस जोन्सन नयाँ प्रधानमन्त्री

<span class='c1'>अन्तराष्ट्रिय : बेलायतमा बोरिस</span> <span class='c2'>जोन्सन नयाँ प्रधानमन्त्री</span>

काठमाडौँ, साउन ९ गते । बेलायतमा बोरिस जोन्सन नयाँ प्रधानमन्त्री बन्नुभएको छ । महारानी एलिजाबेथ द्वितीयाले बुधबार उहाँलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । जोन्सनले बुधबारै पदभार ग्रहण गर्नुभएको बीबीसीले जनाएको छ । उहाँ सत्ताधारी कन्जरभेटिभ पार्टीका नेता हुनुहुन्छ । जोन्सन मङ्गलबार सो पार्टीको नयाँ नेता चुनिनुभएको हो ।
बकिङ्घम दरबारमा महारानी एलिजाबेथलाई भेटेपछि प्रधानमन्त्री कार्यालय तथा निवास टेन डाउनिङ स्ट्रिटमा फर्किएपछि उहाँले देशवासीका नाममा सम्बोधन गर्नुभयो ।

जोन्सनले युरोपेली सङ्घबाट ब्रिटेनको बहिर्गमनका लागि नयाँ सम्झौता गर्ने र युरोपसँगको भावी सम्बन्ध खुला व्यापार र आपसी सहयोगमा केन्द्रित बनाउनुभयो । उहाँले आगामी ३१ अक्टोबरभित्र बेलायत युरोपेली सङ्घबाट अलग भइसक्नेमा आफू विश्वस्त रहेको पनि स्पष्ट गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्